गजल

अब घाम लाग्दैन रे बादलले भन्दैथियो झरी परे पखालिन्छु गाजलले भन्दैथियो । आँखा चिम्ले पनि रुप देखिन्छ रे त्यो ऐनामा त्यहि ऐनाले दियो धोका पागलले भन्दै थियो । तिम्रो गीतमा सयौंपल्ट संगीत भै बजे हुँला इमानको खरी झर्‍याे मादलले भन्दै थियो । सुन्दरता किन खोज्छौ शीतलता खोजे हुन्न म त फुल्छु झर्छु फुलको आंचलले भन्दै थियो । श्रीराम अधिकारी मकवानपुर, हेटौंडा हाल इजरायल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय