अव कस्तो लेखौं ?

चर्चित-मित्रहरु, (शत्रुहरु पनि, किनकी म शत्रुलाई पनि मित्र नै मान्छु । किनभने उनीहरुले पनि जीवनमा इगो पाल्न ठूलो योगदान गर्दछन्) मैले यो आलेख मंगलबार राती ९ बजे मात्रै लेख्न सुरु गरेको हुँ । यसो गर्नाका केही कारणहरु छन् ।

पहिलो कारण मैले यसअघिको आलेखमा दोस्रो र तेस्रो पात्रका बारेमा सानो झल्को दिएको थिएँ । त्यो आलेख आएकै दिन दोस्रो पात्र आफैं बोल्ने कुरा आयो । उनी आफैं बोल्ने कुरो आएपछि मैले बोल्नै परेन ।

26 Charcheet Dhungelतेस्रो पात्रका बारेमा मैले गतिलै खजाना बनाउने सोचेर थप जानकारीहरु लिएर लेख्न मात्रै के बसेको थिएँ, उनीहरु आपसमै मिल्ने कुरो आयो । जुन १५ सम्म आलेख रोक्न एकले मलाई र अर्कोले मेरा एक असल पत्रकार मित्रलाई भने । यसले गर्दा मैले लेख्न सोचेको बिषय बिग्रियो । यस विषयमा पछि लेखिन्छ कि लेखिन्न थाहा छैन ।

दोस्रो कारण यो मेरो आफ्नै कारण हो । म केही सफल तर सानो लगानीबाट आफ्नै ब्यावसाय गरेर नाम, दाम कमाउने मान्छेहरु खोज्दै मित्र श्रीधर पौडेलसँग नवलपरासी, बुटवल र पोखरा यात्रामा थिएँ । बिहिबार घरबाट निस्किएको म सोमबार बेलुका मात्रै घर फिरें । काम र गाडीको यात्राले लखतरान भएको ज्यान कतिखेर निदायो पत्तै भएन ।

मंगलबार विहान देशपरदेश अफिस गएँ । उताबाट फर्किंदा साँझ परिहाल्यो । ५ दिनको आफ्नै पसलको हिसाव गरेकै थिएन । त्यसको लेखाजोखा गर्दा र भातभान्साको लेठो सक्याउँदा ९ बज्यो मित्रहरु, अव के लेख्ने ?

एनआरएनबारे लेखम् न त भनम् भने कतारका महासचिव बिनोद भट्टराई मंगलबारै देशपरदेशको कार्यालयमा केहीथान सल्लाह र केही थान गुनासा सहित भेटिए ।

यो आलेख लेख्न बसेको दिन हामी नेपालीको नविन बर्ष थियो । यस पावन दिनमा नकारात्मक कुराको लेखन गर्न मन मानेन मित्रहरु, सुरुवात नै नकारात्मक कुराहरुबाट गरिए बाँकी ३६४ दिन उसैगरी बित्ने विश्वासले पनि नकारात्मक कुरा लेख्न प्रेरित गरेन । तर आवश्यकताभन्दा बढि कसैको पनि जयजय लेख्न नजानेकाले त्यसो पनि गरिएन ।

नेतालाई गाली गरम् भने लाखौंले गरेकै छन् । देशलाई त म गाली गर्दैगर्दिन । कर्तब्य अपालक कर्मचारीलाई गाली गरम् भने अख्तियारको भूमिकै सकिएला । भ्रष्टाचारीलाई गाली गरम् भने रविन्द्र मिश्रजस्ता श्राप दिन माहिर नेपालीहरुको हक नै खोसिएला । सरकारका अन्य अंगलाई गाली गरम् भने तिनको कर्मको तालमेल नमिलेर बाहिर सुन्न पाइएकै छ । छोड्दिम् यि कुरा ।

त्यसैले, यसपटक मलाई मेरा पाठक मित्रहरुको राय बु¤न मन लागेको छ । मित्रहरु, ‘थर्ड अम्पायर’ मा मैले के कस्ता बिषयबस्तु उठाउन सुझाव दिनुहुन्छ ? तपाईंलाई कस्ता खालका बिषयले बढि छुन्छ ? अहिलेसम्म प्रकाशित कुन कुन विषयले तपाईंलाई छोएर गए ? तपाईंले सुझाव लेख्दा नयाँ बर्षको सुरुवात भइसकेको छ । त्यसैले नकारात्मक प्रतिक्रिया पनि ठोकेर लेख्नुस् ।

तपाईको भनाई लेख्नुहोस्

यो पनि पढ्नुहोस्

पूर्व लडाकुबाट टेलर्स सञ्चालकः फेरिएको परिचय (भिडियो सहित)

लेख्नु की नलेख्नु ?

दाजु सहिद – भाउजु परदेशी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय