मलेसिया जाँदै उतै हराउँदै

उमा पौडेल, नवलपरासी रामग्राम — २ परासी बजार नजिकै सौहाटिकरका सुवास भर मलेसिया गएको चार बर्र्ष भयो । विदेश जाँदा एक लाख ऋण लिएर गएका सुवासले त्यसपछि घरमा पैसा पठाएनन् । यसले नेपालमा बस्ने उनको परिवार तनावमा छ । सुवासका बाबु रघुनाथ भन्छन् छोरोले कमाउला भनेर मलेसिया पठाइयो तर अहिले उसले ऋण तिर्ने पैसा समेत पठाएन । यता सावाँमा व्याज थपिंदै गएपछि बाध्य भएर चार कठ्ठा जग्गा बेचेर ऋण तिर्यौं । उनीहरुको ७ जनाको परिवार हाल सौहाटिकरमा बस्छ । छोराले पारेको अप्ठ्यारो त छँदैथियो, यहि बीचमा उनकी कान्छि छोरी स्कुलमा खेल्ने क्रममा लडेर टाउकोमा चोट लागेपछि भरतपुर अस्पतालमा १५ दिनसम्म राखेर उपचार गर्नुपर्यो । यसले बाँकी रहेको पाँच धुर घडेरी पनि ८० हजारमा दृष्टिकबन्धकमा राखेर उपचार गर्नु परेको रघुनाथ बताउँछन् । हामीलाई मुख्य मलेसिया गएको छोराले समस्यामा पार्यो सुवासकी हजुरआमा रामकली भन्छिन् । रामकलीलाई उनका नातीले मलेसियामा नै विवाह गरेर बसेको आशंका छ । उनका अनुसार सुवासले मलेसिया गएपछि घरमा फोन सम्पर्क गर्ने गरेका छैैनन् । उनले कहिले काही काकालाई फोन गर्ने गरेको र तीन चार महिनामा नेपाल फर्किने बताए पनि चार बर्ष वितिसक्दा समेत उनी घर नफर्केका कारण उनले उतै विवाह गरेर बसेको हुन सक्ने अनुमान रामकलीको छ । ”दुःखका दिन जालान् अब हाम्रा पनि सुखका दिन आउलान् भन्ने कत्रो सपना देखेर हामीले ऋण गरेर उसलाई(सुवास) विदेश पठायौं तर आज यो अवस्था भोग्नु परेको छ” आँशु झार्दै ७१ बर्षिय बृद्धा रामकली भन्छिन् । तर सुवास फर्किने बाटो हेरेर उनी थाकेकी छैनन् । रघुनाथका श्रीमती र छोरी परासी बजारमा घरेलु कामदारका रुपमा काम गरेर मासिक ८ हजारसम्म कमाउँन् । उनीहरुले कमाएको रकमबाट नै घरायसी खर्च चलिरहेको छ । छोरोले सम्पर्क टुटाएपछि रघुनाथलाई चिन्ताले सताएको छ । त्यसैले उनलाई राती निद्रा लाग्दैन । मनमा पिर चिन्ता लागिरहने भएकाले आफूलाई रक्सीको लत बसेको उनी बताउँछन् । सुवास परिवारसँग सम्पर्क विहिन भएपछि उनकी श्रीमतिले दुई छोरालाई लिएर माइती गएको भर परिवारको भनाई छ । नवलपरासीको सदरमुकामको नजिक रहेका सनई, हरपुर, कुस्मा, अम्रोट, मनरी, देवगाव, स्वाठी, सुनवल, रामनगर र रामग्राम नगरपालिकाबाट वैदेशिक रोजगारीमा गएर परिवारसँग सम्पर्क नभएको भन्दै थुप्रै निवेदन बर्दघाटमा रहेको सुचना केन्द्रमा परेका छन् । त्यसरी परेका निवेदनलाई काठमाडौं स्थीति प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) मा पठाउने गरिएको र सो संस्था मार्फत खोजविनको काम गर्ने गरिएको छ । यो पनि पढ्नुहोस्  २० हजार ऋणबाट थालेको व्यवसायबाट ८ करोडको मालिक

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय