मलेशियामा आवतजावतलाई नियन्त्रण गर्न लगाइएको बन्देज (एमसीओ) दुई साता थपिएको छ । मलेशियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले देशवासीका नाममा सम्वोधन गर्दै एमसीओ आगामी अप्रिल २८ सम्म जारी रहने घोषणा गरेका हुन् ।
एमसीओ जारी रहेपनि धेरै औद्योगिक क्षेत्रहरु भनें खुल्ला गर्ने र यसको घोषणा छिट्टै हुने उनले बताएका छन् । खासगरी रमादानको समयमा हुनसक्ने भीडभाडलाई नियन्त्रण गर्ने उद्देश्यले पनि मलेशियाले एमसीओको समयावधि बढाएको अनुमान गरिएको छ ।
स्वास्थ्य अधिकारीहरुको सल्लाह अनुसार नै एमसीओको समय बढाएको प्रधानमन्त्री यासिनले बताएका छन् । विश्व स्वास्थ्य संगठनले पनि मलेशियालाई एमसीओ हटाउन हतार नगर्न मलेशियालाई सल्लाह दिएको थियो ।
मलेशियामा हालसम्म कोभिड १९ का कारण ६७ जनाले ज्यान गुमाएका छन् ।
यो पनि पढ्नुहोस् महामारी पछिको संकटः नेपालले गर्नुपर्ने तयारी
