गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाईरसको महामारी बिरुद्द लड्न नेपाल सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार संघले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामग्री सहज रुपमा उपलव्ध गराउन गठित केन्द्रीय कोषमा उक्त रकम जम्मा गरिनेछ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको छ ।
यो पनि पढ्नुहोस मलेसिया, कतार, कुवेत लगायतका मुलुकमा थप कडाई