मलेसियाले दुई हप्ता विदेशीलाई प्रवेश नदिने, आवतजावतमा नियन्त्रण गरिंदै

मलेसियाले आगामी मार्च १८ (आगामी बुधवार) देखि ३१ तारिखसम्म आवतजावतमा नियन्त्रण गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन भन्दै मलेसियाका प्रधानमन्त्रीले यसको घोषणा गरेका हुन् ।

सो घोषणा अनुसार कुनै पनि मलेसियाली नागरिक विदेश जान बन्देज लाग्नेछ भनें पर्यटक तथा अन्य आगन्तुक विदेशी नागरिक मलेसिया प्रवेश गर्न पाउने छैनन् । स्वदेश फर्किने मलेसियाली नागरिकले पनि स्वास्थ्य परीक्षण तथा १४ दिन आफैं क्वारेण्टाइनमा बस्नु पर्नेछ ।

यसैगरी सो मितिदेखि मलेसियामा सार्वजनिक रुपमा भेला हुने, कुनै धार्मिक गतिविधि, खेलकुद, सामाजिक तथा साँस्कृति कार्यहरु गर्न नपाइने सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ । प्रधानमन्त्रीको घोषणा अनुसार सवै स्कूलहरु पनि सो समयावधिमा बन्द रहनेछन् ।

प्रधानमन्त्रीको सम्वोधन अनुसार सो समयावधिमा सरकारी र नीजि सवै निकाय (क्षेत्र) बन्द रहनेछन् । तर अत्यावश्यक बस्तुहरु बेच्ने स्थान, खाद्यान्न आपूर्ति, यातायात, बैंक, स्वास्थ्य संस्थाहरु तथा औषधि पसलहरु, सञ्चार सम्वन्धि कार्यालयहरु, सरसफाई सम्वन्धि काम, विमानस्थल, बन्दरगाहहरु भनें सञ्चालनमा रहनेछन् ।

कोरोना भाइरस (कोभिड १९) का १ सय २५ थप संक्रमित भेटिएसँगै मलेसियामा हालसम्म सो भाइरसका कारण संक्रमितहरुको संख्या ५ सय ५३ पुगेको छ । मलेसियाका प्रधानमन्त्री मुहियाद्दिनले अन्य मुलुकहरुमा एकै दिनमा केहि सयबाट केहि हजार विरामी फेला परेको देखिएको भन्दै मलेसियामा पनि त्यस्तो अवस्था आउन नदिन आवतजावतलाई नियन्त्रण गर्न खोजिएको बताएका छन् ।

प्रधानमन्त्री मुहियाद्दिनले आफ्ना नागरिकलाई नआत्तिन तथा त्रस्त नहुन आव्हान गरेका छन् । उनले खाद्यान्न तथा दैनिक आवश्यक बस्तुहरु, मास्क लगायतका बस्तु पर्याप्त उपलव्ध गराइने बाचा पनि गरेका छन् ।

मलेसियामा केहि समयका लागि आवतजावतमा बन्देज लाग्ने हल्लासँगै सोमवार दिनभरी नै स्टोरहरुमा अत्यावश्यक सामान किन्नेहरुको भीड लागेको थियो । कतिपय स्थानका स्टोरहरुमा दैनिक अत्यावश्यक वस्तुहरु सकिएको तस्वीरहरु सोमवार दिउँसो नै सार्वजनिक भएका थिए ।

यो पनि पढ्नुहोस् कोरोना विरुद्दको खोप परिक्षणका लागि तयार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय