खाडीमा बढ्दै कोरोना भाइरसका संक्रमित, मलेशियामा पनि २२ संक्रमित भेटिए

खाडीका मुलुकहरुमा कोरोना भाइरस(कोभिड १९) का कारण संक्रमितहरुको संख्या निरन्तर बढ्दो क्रममा छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी हुँदै गएको छ ।

खाडीका मुलुक मध्ये बहराइनमा कोरोना भाइरसका विरामीको संख्या २६ जना पुगेको छ । बुधवार मात्र कोरोना भाइरसका तीनजना नयाँ विरामी फेला परेको बहराइन न्यूज एजेन्सीले जनाएको छ । यसैगरी कुवेतमा कोरोनाका संक्रमितको संख्या १८ पुगेको छ । मंगलवारसम्म यो संख्या केवल ११ थियो ।

यसैगरी युएईमा कोरोनाका विरामीको संख्या १३ पुगेको छ भनें ओमानमा २ जना संक्रमित फेला परेको एशोसिएटेड प्रेसले जनाएको छ । अहिलेसम्म सवैभन्दा धेरै कोरोनाका विरामी चीनमा भेटिएका छन् भनें दक्षिण कोरिया, जापान, ईरान लगायतका मुलुकहरुमा पनि ठूलै संख्यामा संक्रमितहरु देखिएका छन् ।

धेरै नेपाली कार्यरत मलेशियामा पनि कोरोना भाइरसका २२ जना संक्रमित भेटिएका छन् । मलेशयाले कोरोना भाइरसका बारेमा गलत हल्ला फैलाएको भन्दै केहि व्यक्तिलाई पक्राउ समेत गरेको थियो ।

विश्वव्यापी रुपमा स्वास्थ्य चिन्ताको विषय बनेको कोरोना भाइरसबाट बच्न विशेष सावधानी अपनाउन ति मुलुकका स्वास्थ्य मन्त्रालयहरुले पटक पटक सुचना जारी गरिरहेका छन् । हालसम्म नेपालमा भनें एकजनामा कोरोना भाइरस भेटिएको थियो ।

भाइरसको संक्रमणको लक्षणहरुः

– १ सय दशमलव ४ भन्दा बढी ज्वरो आउनु
– घाँटी र टाउको दुख्नु
– रुघा र खोकी लाग्नु
– श्वासप्रश्वासमा समस्या देखिनु

सो भाईरसको संक्रमणबाट बच्न निम्नानुसारको सजगता अपनाउन जरुरी छः

– बाहिर, भीडभाडमा जाँदा अनिवार्य रुपमा फेसमास्क प्रयोग गर्ने

– नियमित साबुन पानीले हात धुने

– फ्लुको लक्षण (रुघा, खोकी, श्वासप्रश्वास) मा समस्या देखिएमा चिकित्सकसँग परामर्श लिने
– जंगली तथा घरेलु पशुपंक्षीहरुको सम्पर्कबाट टाढा रहने
– खोक्दा, हाछ्युँ गर्दा नाक र मुख छोप्ने
– फ्लुका लक्षण देखिएका व्यक्तिसँग टाढा रहने
– मासु अण्डा राम्रोसँग पकाएर खाने

यो पनि पढ्नुहोस् जापानको रोजगारीमा मेनपावर कम्पनीलाई संलग्न गर्ने श्रम मन्त्रालयको रुची

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय