दक्षिण कोरियामा कोनोराका कारण नेपाली श्रमिक पठाउन स्थगित !

दक्षिण कोरियामा कोरोना भाइरसका विरामीको संख्या बढेपछि केहि समयका लागि नेपाली श्रमिक त्यहाँ पठाउन स्थगित हुन सक्ने भएको छ । ईपिएस कोरिया शाखाका अनुसार कोरोनाको समस्याका विषयमा गम्भीरतापूर्वक दुवै देशले हेरिरहेको र केहि समयका लागि श्रमिक पठाउन स्थगित हुन सक्ने छ । यहि हप्ता जानु पर्ने झण्डै २ सय नेपाली दक्षिण कोरियाले तत्काल नलैजान चाहेका कारण उनीहरुको उडान रोकिइसकेको छ । आगामी हप्ताका लागि उडान तोकिएका नेपाली श्रमिकको पनि अनुमति आउने वा नआउने भन्ने ईपिएस शाखालाई यकिन छैन ।

ईपिएस कोरिया शाखा प्रमुख कृष्ण खनालका अनुसार आगामी फागुन १८ गतेसम्म कोरियाका लागि उडान छैन । सो दिनका लागि नेपालले ४० जनाको नाम उडानका लागि यसअघि पठाएको छ । ति नामहरु दक्षिण कोरियाबाट नै स्वीकृत भएर आउनु पर्दछ । पक्कै पनि दक्षिण कोरियाले पनि यो विषयलाई गम्भीरतापूर्वक हेरिरहेकै हुनु पर्दछ, हामी पनि यसमा गम्भीर छौं खनालले भने कोरोना भाइरसको समस्याका कारण केहि समयलाई श्रमिक पठाउने कुरा स्थगित हुन सक्छ । दक्षिण कोरियामा कोरोना भाइरसका विरामीको संख्या ४ सय नाघिसकेको छ ।

जीतबहादुर, आमालाई यसरी रुवाएर कति बस्छौ विदेश ?

यसैबीच दक्षिण कोरियास्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै ज्यानमारा कोरोना भाइरसबाट जोगिन सजग रहन त्यहाँ कार्यरत नेपालीलाई अपिल गरेको छ । दूतावासले हाल सवैभन्दा धेरै संख्यामा संक्रमितहरु देखा परेका थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपालीलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । थेगुमा ७ हजारको हाराहारी नेपाली कार्यरत रहेको अनुमान छ ।

दक्षिण कोरियाले कोरोना भाइरसको संक्रमणको शंका लागेमा अवैधानिक रुपमा कोरियामा रहेका विदेशीहरु समेतले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गएर चेकजाँच तथा उपचार गराउन सक्ने र सोको क्रममा पक्राउ नगर्ने, स्वदेश नफर्काउने तथा विरामीको कानूनी हैसियतका बारेमा नसोध्न अस्पतालहरुलाई निर्देशन दिइएको सार्वजनिक गरिसकेको छ । अवैधानिक रुपमा बसेका विदेशी श्रमिक कोरोना भाइरसको शंका लागेमा पनि उपचारबाट वञ्चित नहुन् र उनीहरु मार्फत अन्य व्यक्तिमा रोग नफैलियोस् भनेर यस्तो व्यवस्था गरिएको हो ।

दक्षिण कोरियामा ईपिएस प्रणाली मार्फत हालसम्म ६० हजारको हाराहारीमा नेपाली श्रमिक रोजगारीका लागि गएका छन् । ति मध्ये हाल ३५ हजारको हाराहारीमा नेपाली श्रमिक त्यहाँ कार्यरत रहेको अनुमान छ । यो व्यवसाय वा अध्ययनको लागि गएकाहरु बाहेकको तथ्याँक हो ।

यो पनि पढ्नुहोस् टर्की र ग्रिस पठाउने नाममा ३९ लाख ठगेको आरोपमा पक्राउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय