टर्की र ग्रिस पठाउने नाममा ३९ लाख ठगेको आरोपमा पक्राउ

वैदेशिक रोजगारको शिलशिलामा टर्की र ग्रीसमा वर्किङ भिषामा आकर्षक तलवमा पठाइदिने भन्दै ३२ जनासँगबाट ३९ लाख ५६ हजार ठगेको अभियोगमा मोरङका कमल प्रसाद पोखरेल पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंका टेकुबाट पक्राउ गरेको जनाएको छ ।

महानगरिय अपराध अनुसन्धान महाशाखाका अनुसार मोरङको रतुवामाई नगरपालिका ६, बुधबारेका पोखरेल काठमाडौंको चुच्चेपाटीमा बस्दै आएका थिए । उनले विभिन्न मितिमा ति ३२ जना व्यक्तिलाई टर्की र ग्रिस पठाउने नाममा सो रकम उठाएर फरार भएका थिए ।

आफूहरुसँगबाट रकम उठाई अलपत्र पारेर सम्पर्क विहिन भएको भन्दै गोपिराम पराजुलीले प्रहरीमा गत माघ १२ गते उजुरी दिएका थिए । टेकुबाट पक्राउ परेका पोखरेललाई वैदेशिक रोजगार विभाग बुद्वनगर,काठमाडौंमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि पठाईएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारको नाममा हुने ठगिका सम्वन्धमा अपराधीलाई कारवाहीमा एकअर्कालाई सघाउने गरी वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीवीच यसअघि समझदारी गरिएको छ । सोही अनुरुप दुवै सरकारी निकायले एकापसमा समन्वयात्मक ढंगले काम गर्न थालेका छन् ।
यो पनि पढ्नुहोस् दुई नेपाली महिलाको उद्दार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय