सरकारको निर्णयः नेपाली राजदूतावासहरुले विशेष ध्यान दिएर काम गर्नु

मन्त्रिपरिषद बैठकले पश्चिम एसियामा विकसित पछिल्लो घटनाक्रमको परराष्ट्र मन्त्रालय मार्फत निरन्तर सुचना/जानकारी लिने र त्यसको समिक्षा/मूल्याकन गर्ने निर्णय गरेको छ । यसैगरी सम्वन्धित मन्त्रालय/निकायहरुसँग समन्वय गर्न आवश्कयता अनुसार काम गर्ने पनि निर्णय गरेको छ । यसका लागि सम्वन्धित महाशाखाका अधिकृत कर्मचारीलाई जिम्मेवारी दिने मन्त्रिपरिषदको निर्णय छ ।

गत माघ ६ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उल्लेखित घटनाक्रमहरुका सम्वन्धमा सम्वन्धित मुलुक हेर्ने नेपाली राजदूतावासहरुलाई विशेष ध्यान दिएर काम गर्न निर्देशन दिने निर्णय पनि गरेको छ ।

यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त क्षेत्रमा रोजगारीमा रहेका नेपाली श्रमिकहरुको अवस्थाका बारेमा निरन्तर सुचना जानकारी लिने र आवश्यक समन्वय गर्ने निर्णय गरेको जानकारी दिए । मन्त्रिपरिषद बैठकले सामाजिक सुरक्षा नियमावली २०७६ पनि स्वीकृत गरेको छ ।

यो पनि पढ्नुहोस् को भाईरल, कस्ता भईरल ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय