मलेशियामा एक ४७ बर्षिय नेपाली कामदारको मेसिनमा पर्दा मृत्यु भएको छ । ति कामदारको मासु काट्ने तथा पेल्ने मेसिनमा परेर मृत्यु भएको मलेशियाको अनलाइन द स्टारले जनाएको छ ।
मस्जिद तनाहमा गत सोमवार भएको घटनामा ति व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । मेसिनमा च्यापिएका ति नेपालीको शरिरको तल्लो भागमा नराम्रोसँग चोट लागेको र उनको घटनास्थलमा नै मृत्यु भएको समाचारमा जनाइएको छ ।
ति नेपालीले मेसिन मर्मतको काम गर्दै गर्दा अकस्मात मेसिन चल्न पुगेपछि सो दुर्घटना भएको जनाइएको छ ।
यो पनि पढ्नुहोस् कामदारको पासपोर्ट तीन महिना राख्न पाउने हाम्रो अधिकारः वैदेशिक रोजगार व्यवसायी
