युएईमा फेसबुक लाइभ गर्दै आत्महत्या गर्न खोजेपछि ……..

रस अल खैमह– फेसबुकमा लाईभ गर्दै रसअल खैमहको पहाडमा आत्महत्या गर्न खोज्ने एक जर्मन नागरिकलाई प्रहरीले उद्धार गरेको छ । ति युवा जर्मनले मंगलवार राती आत्महत्याको प्रयास गरेका थिए ।

भाइले आत्महत्या गर्न लागेको भिडियो फेसबुकमा देखेपछि उनका दाजुले प्रहरीलाई खवर गरेका थिए । खवर पाउनासाथ प्रहरी हेलिकप्टर तथा एम्वुलेन्स लिएर त्यहाँ पुगेको थियो । प्रहरी पुग्दा ति व्यक्ति चिन्ताजनक अवस्थामा थिए ।

मुटुको चाल चलिरहेको पाएपछि घटनास्थलबाट तत्काल अस्पताल पुर्याइएको थियो । हाल उनी खतरामुक्त भइसकेको अस्पतालले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुहोस् 

१७ नेपाली अलपत्र, उद्धारको अपिल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय