मलेसियाको जोहरबारु रेड जोनमा

मलेसियाको जोहरबाहरु जिल्ला रेड जोन घोषणामा परेको छ । कोभिड १९ का विरामीको संख्यामा लगातार वृद्धि भएका कारण सो क्षेत्र रेड जोन (खतरा) मा परेको हो । जोहरमा पछिल्लो १४ दिनमा ४० भन्दा बढी कोरोनाका विरामी फेला परेका छन् ।

जोहरबारुका स्वास्थ्य तथा वातावरण प्रमुखले आगामी दिनमा कोभिडका विरामीको संख्या बढ्ने अनुमान सहित जोहरबारुलाई रेड जोनमा राखिएको बताए । सो क्षेत्रमा देखिएका कोरोनाका विरामी परिवार भित्रका तथा कार्यथलोमा संक्रमित देखिएका छन् ।
विहिवार मात्र सो जिल्लामा १० जना नयाँ संक्रमित देखिएका छन् । त्यसैले सो क्षेत्रमा थप परीक्षण सुरु गरिने स्वास्थ्य प्रमुखले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस् मलेसियामा विदेशी श्रमिक लिन कडाईको संकेत

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय