मलेसियामा विदेशी श्रमिक लिन कडाईको संकेत, रिहायरिंगका लागि पनि अनलाइनमा विज्ञापन प्रकाशित गर्नुपर्ने

मलेसियामा रिहायरिंग मार्फत तथा विदेशी श्रमिक भर्ना गर्न चाहने रोजगारदाताहरुले त्यसका लागि माई फ्यूचरजव्स मा विज्ञापन प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएको छ । आगामी नोभेम्वर १ देखि लागु हुनेगरी यस्तो व्यवस्था गरिएको मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले बताएका छन् ।

मलेमेलमा प्रकाशित बनर्माद्दारा प्रेषित समाचारमा भनिएको छः ९मानव संशाधन० मन्त्री शरभनानले यस्तो विज्ञापन १४ दिनभन्दा कम समयको हुन नहुने र ईच्छुकले आवेदन दिन ३० दिनको समय प्राप्त गर्ने जानकारी दिएका छन् । यसरी आवेदन दिनेहरुको अन्तर्वार्ता रोजगारदाता तथा सोसल सेक्यूरिटी अर्गनाईजेशन (सोक्सो) का प्रतिनिधिले लिने व्यवस्था मिलाइएको छ ।

“हामीले रोजगारीमा मलेसियन नागरिकलाई नै प्राथमिकता दिनेछौं” मन्त्री शरभनानले भनेका छन् “यदि कुनै विज्ञापनमा कुनै मलेसियन नागरिकले आवेदन नदिएमा मात्र सो पदमा विदेशी श्रमिकले अवशर प्राप्त गर्नेछन् ।”

मन्त्री शरभनानद्धारा जारी विज्ञप्तीमा भनिएको छः यस्तो विज्ञापन रोजगारीको पद, तलव, शैक्षिक योग्यता वा आवश्यक दक्षता तथा योग्यता खुलाएर माईफ्यूचरजव्समा प्रकाशित गर्नुपर्नेछ । यसैगरी रोजगारदाताले निश्चित प्रकृया पुरा गरी फरेन वर्कर्स म्यानेजमेण्ट सिष्टम (ईपिपिएएक्स) मा दर्ता हुनुपर्नेछ । समाचारमा अनुसार नोभेम्वर १ तारिख देखि जव्समलेसिया प्रयोग गरेमा पनि रिडाइरेक्ट भएर माईफ्यूचरजव्समा प्रयोगकर्ता पुग्नेछन् ।

यो पनि पढ्नुहोस् साउदी अरेवियामा महत्वपूर्ण घोषणाको तयारी, लाखौं विदेशी श्रमिक लाभान्वित हुने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: