साउदी अरेवियामा महत्वपूर्ण घोषणाको तयारी, लाखौं विदेशी श्रमिक लाभान्वित हुने

साउदी अरेवियामा कार्यरत लाखौं आप्रवासी श्रमिकका लागि खुशीको खवर, साउदी अरेवियाले सन् २०२१ मा कफाला प्रणाली (स्पोन्सरशीप सिष्टम) हटाउने भएको छ । साउदी गजेटका अनुसार साउदी अरेवियाले सो महत्वपूर्ण निर्णय गर्न लागेको हो ।

समाचार अनुसार साउदी अरेवियाले आगामी बर्ष अर्थात सन् २०२१ को ६ महिना भित्रमा नै कफाला अन्त्य गर्नेछ । यसबाट १० लाख भन्दा बढी अप्रवासी श्रमिकहरु लाभान्वित हुने माल अनलाइन विजनेश दैनिकलाई उधृत गर्दै साउदी गजेटले लेखेको छ ।

साउदी अरेवियाको मानव संशाधन मन्त्रालयले यसका बारेमा सामाजिक विकास मन्त्रालयले औपचारिक घोषणा गर्ने जनाएको छ । आगामी हप्ता यस बारेमा औपचारिक घोषणा हुनेछ । आप्रवासी श्रमिक तथा साउदीका रोजगारदाताबीच रोजगार करारको उचित प्रवन्ध हुनेगरी गर्न लागिएको सो निर्णयलाई ऐतिहासिक भनिएको छ ।

साउदी अरेवियाको सो घोषणासँगै सात दशकदेखि प्रचलनमा रहँदै आएको कफाला प्रणालीको अन्त्य हुनेछ । कफाला प्रणाली हटेपछि रोजगार करार सम्झौता कार्यान्वयनमा आउनेछ । हालसम्म कायम रहेको कफाला प्रणाली अन्तर्गत विदेशी श्रमिकमाथि रोजगारदाताको पूर्ण अधिकार रहन्छ । कफालाका कारण रोजगारदाताको अनुमति बेगर रोजगारी तथा मुलुक छोड्न समेत बन्देज लाग्ने भएका कारण यसलाई आधुनिक समयको दासताको रुपमा हेर्ने गरिन्छ ।

कफाला प्रणाली अन्त्य भएपछि आप्रवासी श्रमिकहरुले स्वदेश फर्किन तथा पुनः साउदी अरेवियामा रोजगारीका लागि जान स्वतन्त्र हुने अपेक्षा गरिएको छ । यसैगरी पुनः साउदी अरेविया नफर्किने गरी स्वदेश फर्किन वा रोजगारदाताको अनुमति नलिइ नै पुनः अर्को रोजगारी खोज्न पाउने अपेक्षा छ ।

कफाला अन्त्यका बारेमा बुधवार नै साउदी अरेवियाको मानव संशाधन मन्त्रालयले महत्वपूर्ण घोषणा गर्ने अपेक्षा गरिएको थियो । यसअघि साउदी अरेवियाले सन् २०२० को मार्च महिनासम्ममा नै कफाला प्रणाली अन्त्यको घोषणा गर्ने अपेक्षा गरिएको थियो । तर कोभिड १९ को महामारी फैलिएसँगै सो घोषणामा ढिलाई भएको समाचारमा जनाइएको छ ।

कतारमा आप्रवासी घरेलु श्रमिकमाथि यौन दुव्र्यवहार र शोषणः एम्नेष्टि

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय