विदेशबाट फर्काउन १० दिन भित्र सक्नेगरी हुँदैछ यस्तो तयारी

 

वैदेशिक रोजगारको क्रममा विदेशमा अलपत्र परेका र स्वदेश फर्किने पर्खाइमा रहेकाहरुका लागि सरकारले १० दिनभित्रमा सवै काम सक्नेगरी तयारी अगाडी बढाएको छ । यसका लागि विदेशबाट पहिलो चरणमा फर्काउनेहरुको सूचि परराष्ट्र मन्त्रालयले बनाउने जिम्मेवारी पाएको छ ।

यसैगरी विदेशबाट स्वदेश फर्काउन विमानको व्यवस्था मिलाउने, काठमाडौंमा होटलमा क्वारेण्टिनमा राख्ने व्यवस्थान गर्ने पर्यटन मन्त्रालयको जिम्मेवारीमा परेको छ । सूचि तयार पार्ने, क्वारेण्टिन बनाउने वा होटलको सूचि तय गर्ने काम १० दिन भित्रमा सकिसक्नु पर्नेछ ।

विदेशबाट फर्केर स्थानीय तहको व्यवस्थापनमा सञ्चालन हुने क्वारेण्टिनमा बस्न नचाहने र आफैं होटलको खर्च तिरेर बस्नेहरुले सो सुविधा पाउने छन् । त्यसका लागि आफूले रकम तिर्न सक्ने होटलको छनौट अनलाइन मार्फत नै गर्न सकिनेगरी सूचि उपलव्ध गराउने सरकारको तयारी छ ।

पहिलो चरणमा स्वदेश फर्काइनेहरुमा रोजगारी गुमाएर अप्ठ्यारोमा परेकाहरु, घाइते अपाङ्गता भएकाहरु, खाद्यान्न अभाव लगायतको मानविय समस्यामा परेकाहरु रहनेछन् ।

विमानस्थलमा उत्रिएकाहरुलाई नेपाल टेलिकमले सिमकार्ड उपलव्ध गराउने छ । यसरी उपलब्ध गराइएको सीमकार्ड कम्तिमा दुई महिना प्रयोग गर्नुपर्नेछ । सो सीमकार्ड प्रयोग गरिएका मोबाइल ‘अफ’गर्न पाइने छैन । यसले त्यसरी विदेशबाट आएका व्यक्ति कहाँ छन् भन्न पत्ता लगाउनु परेमा सहज हुनेछ ।

उनीहरुलाई सामान्य स्वास्थ्य जाँच गरिने कार्य हुनेछ भनें होल्डिंग सेण्टर, होटल क्वारेण्टिन वा स्थानीय तहले व्यवस्थापन गर्ने क्वारेण्टिनमा लैजाने काम सरकारले नै गर्नेछ । यो अवधिमा उनीहरुले आफन्त भेटघाट लगायतका काम गर्न पाउने छैनन ।

तेस्रो मुलुकबाट आउने नागरिकले हवाई उडान, यातायात र होटल क्वारेन्टिन खर्च आफैंले व्यहोर्नुपर्नेछ । तर, स्थानीय तहका क्वारेन्टिनमा बस्नेले भने व्यहोर्नुपर्ने छैन । क्वारेन्टिनहरुको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापनको जिम्मेवारी सेना, प्रहरी तथा स्थानीय तहको समन्वयमा हुनेछ ।

नेपाल फर्काउन सकेसम्म नेपाल एयरलाइन्स प्रयोग गर्ने तयारी छ । फर्काइने मध्ये कतिपयलाई सम्वन्धित मुलुकको सरकारले आफ्नै मुलुकको एयरलाइन्स मार्फत फर्काइदिने प्रतिवद्धता यसअघि नै जनाएका छन् । साउदी अरेविया, कुवेत लगायतले यस्तो प्रस्ताव गरेका छन् । यसैगरी कतारका कतिपय कम्पनीहरुले फिर्ति टिकट उपलव्ध गराउनु पर्ने नियमानुसा कम्पनीहरुले नै विमान चार्टड गरी नेपाल फर्काउने प्रस्ताव गरेका कारण उनीहरुलाई फर्काउन पनि सहज हुनेछ ।

तर अष्ट्रेलिया, युरोप लगायतका मुलकहरुमा रहेका र स्वदेश फर्किनेहरुले हवाई टिकटको खर्च, क्वारेण्टिन वापतको खर्च आफैंले व्यहोर्नु पर्नेछ । यससम्वन्धि सुचना यसअगाडी नै अष्ट्रेलिया स्थित नेपाली दूतावासले निकालिसकेको छ ।

विदेशबाट फर्काइने नेपालीका लागि लक्षित गर्दै त्रिभुवन विमानस्थलमा पनि भौतिक दुरी कायम हुनेगरी आवश्यक तयारी तिव्र बनाइएको छ । विमानस्थलमा सो सम्वन्धि काम लगभग सकिइसकेको र सरकारले स्वदेश फर्काउने प्रकृया सुरु हुनु भनदा एकसाता अगाडी नै जानकारी दिने बताएका कारण विमानस्थलमा गर्नुपर्ने तयारीका कारण कुनै काम नरोकिने विमानस्थल प्रशासनले यस अगाडी नै बताइसकेको छ ।

यो पनि पढ्नुहोस् अलपत्र नेपाली स्वदेश फर्काउने कार्ययोजना मन्त्रिपरिषदबाट पारित, घर फर्काउने बाटो खुल्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय