इराकमा रोजगारी गरी विदामा आएकालाई श्रमस्वीकृति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि इराक पुगेर बिदामा घर फर्किएका नेपाली कामदारको समस्यालाई सम्बोधन गर्दै उनीहरूलाई श्रम स्वीकृति दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले इराकको आधिकारिक भिसा र ‘रेसिडेन्सी कार्ड’ भएका नेपालीलाई आवश्यक प्रक्रिया पुर्‍याएर श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।

यसअघि इराकलाई वैदेशिक रोजगारीका लागि ‘प्रतिबन्धित’ वा ‘जोखिमयुक्त’ मुलुकको सूचीमा राखिएका कारण त्यहाँबाट फर्किएका कामदारहरूले श्रम स्वीकृति पाउन सकिरहेका थिएनन्। सरकारको  यो निर्णयले विशेष गरी इराकमा वैध रूपमा कार्यरत रहेर हाल नेपालमा बिदामा आएका वा फर्कन चाहेका कामदारहरूलाई प्रत्यक्ष फाइदा पुग्नेछ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय