काठमाडौं । पौरखी नेपालले लुथरन वल्र्ड फेडेरेसन (एलडव्लूएफ) नेपालसँगको साझेदारीमा नागरिक पत्रकारिता कार्यशाला आयोजना गरेको छ । वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुका प्रतिनिधिहरु सहभागि सो तालिममा नागरिक पत्रकारिताका विविध विषयमा छलफल गरिएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा नागरिक पत्रकारिताको अभ्यास, परम्परागत पत्रकारिता र नागरिक पत्रकारिताबीचको फरक, नागरिक पत्रकारिता मार्फत गर्न सकिने कामका विषयमा छलफल भएको थियो । यसैगरी प्रविधिको प्रयोग गरी कसरी नागरिक पत्रकारिता गर्न सकिन्छ भन्ने विषयमा पनि कार्यशालामा छलफल भएको थियो ।

देशपरदेश डटकमका सम्पादक सुनिल न्यौपानेले सहजिकरण गरेको सो कार्यशालाका सहभागिहरुले समाचार लेखन, लेख/ब्लग लेखनको अभ्यास पनि गरे । सो अवसरमा पोडकाष्ट निर्माणको विषयमा पनि छलफल गरिएको थियो

कार्यशालामा पौरखी नेपालकी रणनीतिक निर्देशक मञ्जु गुरुङले ग्लोवल कम्प्याक्ट फर माइग्रेसन (जिसीएम) को बारेमा जानकारी गराउँदै, यसको उद्धेश्य नं ६ को विषयमा नेपाल सरकारको प्रतिवद्धताका विषयमा जानकारी गराइन् । उनले नेपाल सरकारले भर्ना शुल्कका रुपमा आफूलाई च्याम्पियन भन्ने घोषणा गरेपनि व्यवहारिक रुपमा भनें अहिले पनि वैदेशिक रोजगारमा जानेहरुले निक्कै चर्को शुल्क तिर्नुपरिरहेको बताइन् । उनले नागरिक पत्रकारिता मार्फत यस विषयमा दवाव सिर्जना हुने अपेक्षा पनि प्रकट गरिन् ।

कार्यशालामा एलडव्लूएफ, नेपालका सञ्चार प्रमुख दिपेन्द्र लम्सालले कार्यशाला मार्फत सिकेका ज्ञानलाई व्यवहारमा उतार्न अनुरोध गरे । उनले कार्यशालाका सहभागिहरुलाई प्रविधि मार्फत निरन्तर जोडिरहने र भविष्यमा पनि निरन्तर समन्वय गरिने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय