काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । सोमवारका लागि साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा तोकिएको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा कायम भएको छ ।

यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा रहेको छ भनें मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा तोकिएको छ । कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ५६ पैसा तथा बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ३ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६२ पैसा रहेको छ । यसैगरी ओमानी रियाल एकको खरिदर तीन सय ५२ रुपैया ५३ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ९ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३७ पैसा छ ।

प्रस्तुत विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने केन्द्रीय बैंक जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय