काठमाडौं, वैदेशिक रोजगारीका लागि चेक रिपप्लिक पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–११ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ हात्तिगौँडा बस्ने वर्ष ३९ को विकास राई रहेका छन्।

राईले दिवान गिरी समेतलाई वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्छ, चेक रिपब्लिक पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक १लाख ८० हजार रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारेको प्रहरीले जनाएको छ।

पीडितहरूबाट पटकपटक गरी जम्मा १ लाख ८० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कलंकीबाट पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: