साँसद सिंहको प्रश्न: विदेशमा श्रम गर्नेले पठाएको पैसाले मुलुक चलाउने तर उनीहरुलाई विर्सिने ?

साँसद दिपक बहादुर सिंहले वैदेशिक रोजगारमा रहेका नेपालीले कमाएर पठाएको रकमकै कारण नेपाललाई असफल राष्ट्र हुनबाट बचाएको नविर्सन आग्रह गरेका छन् । उनले विदेशमा काम गर्ने लाखौं श्रमिकहरुले कमाएर पठाएको रकमकै कारण मुलुक श्रीलंका वा पाकिस्तानको जस्तो अवस्था हुनबाट बचेको बताए ।

संसद वैठकमा बोल्दै साँसद सिंहले विदेशमा रगत पसिना बगाएर कमाएर स्वदेश पठाउने तिनै लाखौ लाख व्यक्तिकै कारण साँसदहरुले पनि तलवभत्ता खाइरहेको स्मरण गराए । उनले ति व्यक्तिले कमाएर पैसा नपठाएको भए श्रीलंका, पाकिस्तानभन्दा पहिला नै नेपाल असफल राष्ट्र भइसक्ने थियो भन्ने धारणा राखे ।

तर त्यसरी श्रम गर्नेहरु प्रति राज्यले आफ्नो उत्तरदायित्व पूरा नगरेको उनको भनाई थियो । अङ्गभङ्ग भएर फर्केकाहरुको पक्षमा, मृत्यु भएकाहरुको परिवारलाई राहत दिने सम्वन्धमा वर्तमान सरकारले के सोचिरहेको छ भन्ने उनको प्रश्न थियो । संसदमा बोल्दै साँसद सिंहले भने, मृत्यु भएकाहरुका बालबालिका, विधुवा श्रीमति, बाबुआमाहरुका लागि यो सरकारले के गरेको छ ?

उनले वर्तमान सरकारले अयोग्य लडाकुका नाममा करोडौं रकम पुन: वितरण गरेको भन्दै त्यो रकम बाकसमा शव फर्किएकाहरुका परिवार, अङ्गभङ्ग भएर स्वदेश फर्केकाहरुलाई राहत दिन प्रयोग गरिएको भए वर्तमान सरकारको तिनिहरुले जय जय भन्ने थिए भन्दै वैदेशिक रोजगारमा गएकाहरुको योगदानलाई नभुल्न आग्रह गरे ।

यस अगाडी संसदमा शुन्य समयमा बोल्दै साँसद रमा कोइराला पौडेलले गन्तव्य मुलुकका जेलमा रहेका नेपालीको तथ्याङ्क उपलव्ध गराउन र उनीहरुलाई छुटाउन पहल गर्न सरकारसँग माग गरेकी थिइन् । यसैगरी साासद हरि ढकालले विदेशमा जेलमा भएको आफन्त खोज्न परिवारका सदस्यहरुलाई सकस परिरहेको, विदेशबाट शव ल्याउँदा शवको बाकस फोरिएको लगायतका विषय उठाएका थिए ।

यो पनि पढ्नुहोस् ‘विदेशमा जेल परेकाहरुलाई छुटाउन सरकारले पहल गरोस्’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: