‘विदेशमा जेल परेकाहरुलाई छुटाउन सरकारले पहल गरोस्’

साँसद रमा कोइराला पौडेलले गन्तव्य मुलुकका जेलमा रहेका नेपालीको तथ्याङ्क उपलव्ध गराउन र उनीहरुलाई छुटाउन पहल गर्न सरकारसँग माग गरेकी छन् । संसदको शुन्य समयमा बोल्दै साँसद कोइरालाले गन्तव्य मुलुकमा स्वास्थ्य समस्या भएकाहरुको उपचारमा ध्यान दिन पनि उनले आग्रह गरिन् ।

श्रम आप्रवासन श्रमिकको लागि मात्र नभई देशकै लागि आवश्यक रहेको कुरा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रीपोर्टले नै स्पष्ट गरिसकेको भन्दै उनले ति श्रमिकका लागि सरकारले ठोस कदम चाल्न आवश्यक रहेको बताइन् । उनले विदेश गएका नेपालीको यकिन तथ्याङ्क आवश्यक रहेको भन्दै यसतर्फ पनि ध्यान दिन सरकारसँग आग्रह गरिन् ।

बैठकमा बोल्दै साँसद हरि ढकालले विदेशमा जेलमा भएको आफन्त खोज्न परिवारका सदस्यहरुलाई सकस परिरहेको बताए । उनले विदेशबाट शव ल्याउँदा शवको बाकस फोरिएको बताए । गरगहना वा अरु केहि केहि सामान छ की भनेर बाकस फोरिएको भन्दै उनले समाज कहाँ जाँदै छ भन्दै प्रश्न गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: