कतारमा काम गर्ने विदेशी श्रमिकलाई सहयोग गर्ने नेदरल्याण्ड फुटवल टीमको नौलो तरिका

नेदरल्याण्डको फुटवल टीमले विश्वकप फुटवल प्रतियोगितामा आफ्ना खेलाडीहरुले लगाउने जर्सी लिलामी गर्ने भएको छ । सो लिलामीबाट उठेको रकम कतारमा कार्यरत विदेशी श्रमिकलाई सहयोग गर्ने डच फुटवल एसोशिएसनले जनाएको छ ।

डच फुटवल एशोसिएसनले यस अगाडी देखि नै कतारमा विदेशी श्रमिकमाथि हुने विभेदको विरोध गर्दै आएको छ । कतारमा स्थानीय नागरिक भन्दा बढी विदेशी श्रमिक कार्यरत छन् ।

डच फुटवल एशोसिएसनले आफ्ना खेलाडीहरुसँगको छलफल पछि यस्तो निर्णय लिइएको, खेलाडीले लगाउने जर्सी अनलाइन मार्फत लिलामी गरेर उठेको रकम कतारमा कार्यरत श्रमिकको अवस्था सुधारका लागि खर्च गर्ने जनाएको रोयटर्सले लेखेको छ ।

डच टीमका कप्तानले कतारमा रंगशालाहरु ब्नाउन, अन्य संरचनाहरु तयार पार्न, होटल र आवासस्थलहरु बनाउन निक्कै कठिन अवस्थामा विदेशी श्रमिकहरुले काम गरेको बताएका छन् । विदेशी श्रमिकको सो योगदानलाई आफूहरुले हरेक कृयाकलापमा सम्झिने उनले बताएका छन् । उनले कतारमा रहेको अवस्थामा सुधार हुनु पर्नेमा जोड दिएका छन् । नेदरल्याण्डको फुटवल टीमले कतारमा २० जना विदेशी श्रमिकसँग उनीहरुको कार्यस्थल, आवासस्थल लगायतका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस् विश्वकप फुटवल प्रतियोगिता र श्रम क्षेत्र सुधारस् कतारमा के भयो, के हुन सकेन ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय