युएईको नयाँ भिसा, थाहा पाउनु पर्ने ९ कुरा

संयुक्त अरव ईमिरेट्स (युएई) ले आगामी महिना देखि नयाँ भिसा प्रणाली सुरु गर्न गइरहेको छ यसका बारेमा मंगलवार त्यहाँको सरकारी निकायले जानकारी दिएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । नयाँ भिसा प्रणालीका बारेमा थाहा पाउनु पर्ने मुख्य ९ विषयलाई युएईको समाचारमूलक अनलाइन गल्फ न्यूजले यसरी प्रस्तुत गरेको छ ।

१. युएईको नयाँ भिसा प्रणाली आगामी अक्टोवर ३, २०२२ देखि लागु हुनेछ ।

२. नयाँ भिसा प्रणाली अनुसार आवासिय अनुमतिलाई रोजगारदातासँग जोड्ने हालको प्रावधानलाई परिवर्तन गरिएको छ । युएईमा रोजगारी गर्दा, लगानी गर्दा वा बस्दा विदेशीको खुशीलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गर्न लागिएको त्यहाँको विदेश मामिला हेर्ने अधिकारीहरुले बताएको समाचारमा उल्लेख छ ।

३. युएईले उपलव्ध गराउने नयाँ ग्रिन भिसा ५ बर्ष अवधिको हुनेछ ।

४. ग्रिन भिसा लिन चाहनेहरुका लागि कुनै स्पोन्सर आवश्यक पर्ने छैन । सो भिसामा युएई जानेहरुले आफन्तलाई समेत आफ्नो स्पोन्सरमा लैजान पाउने व्यवस्था गरिएको छ ।

५. भिसाको समयावधि सकिएमा वा रद्द गरिएमा युएई छोड्न ६ महिनाको समयावधि दिइनेछ । सामान्यतया भिसा रद्द भएको वा भिसाको म्याद गुज्रिएको एक महिनाभित्रमा युएई छोड्नुपर्ने नियम छ ।

६. ग्रिन भिसा कसले पाउँछन् ?
यो भिसा दक्ष श्रमिक, स्वरोजगार, लगानीकर्ताले प्राप्त गर्नेछन् ।

७.नयाँ ईन्ट्री परमिट/भिजिट भिसा: नयाँ ईन्ट्री परमिट पनि आगामी अक्टोवर ३ देखि लागु हुनेछ । सो अन्तर्गत युएई जान चाहनेहरुका लागि पनि कुनै स्पोन्सर आवश्यक पर्नेछैन । यो भिसा रोजगारीको खोजिमा युएई जानेहरुका लागि लक्षित गर्दै ल्याइएको हो । यसैगरी व्यवसाय गर्न चाहनेहरुका लागि पनि यो भिसा लक्षित गरिएको सरकारी अधिकारहरुले बताएका छन् ।

८. नयाँ ईन्ट्री परमिटको समयावधि कति समयको हुनेछ ?
नयाँ ईन्ट्री परमिटको समयावधि एक बर्षसम्मको हुनेछ ।

९. गोल्डेन भिसा: युएईले उपलव्ध गराउने गोल्डेन भिसा वाहक व्यक्ति युएई भनदा बाहिर ६ महिनासम्म बस्दा पनि उनीहरुको भिसा रद्द हुन्न । विशेषगरी धनाढ्यहरुलाई लक्षित गर्दै युएईले यो व्यवस्था गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: