युएईले रोजगारी खोज्न जानेहरुका लागि छुट्टै भिसा दिने

संयुक्त अरव ईमिरेट्स (युएई) ले रोजगार खोज्न आउन विदेशी नागरिकलाई आगामी महिना देखि छ्ट्टै भिसा दिने भएको छ । युएईको फेडरल अथोरिटी फर आइडेन्टीटी सिटिजनशिप कस्टम एक पोर्ट सेक्यूरिटी (आइसीपी) ले एक कार्यक्रमको आयोजना गरी यस्तो जानकारी दिएको हो ।

नयाँ भिसा प्रणाली अनुसार आगामी अक्टोवर ३ देखि युएईले रोजगारीको खोजिमा युएई आउनेहरुलाई सोही अनुसारको भिसा दिने भएको हो । यस अगाडी युएई गएर रोजगारी खोजेर काम गर्न चाहनेहरु पर्यटक भिसामा युएई जाने गरेका छन् । विश्वका विभिन्न मुलुकहरुबाट युएईमा पर्यटक भिसामा गएर रोजगारी खोजि भिसा परिवर्तन गरेर बस्ने प्रचलन छ ।

गल्फ न्यूजका अनुसार नयाँ भिसा प्रणाली अनुसार युएईमा रोजगारीको खोजिमा जान चाहनेहरुलाई प्रदान गरिने नयाँ भिसामा कुनै स्पोन्सर चाहिने छैन । रोजगारी गर्न चाहने दक्ष व्यक्तिहरु तथा लगानी गर्न चाहनेहरुलाई आकर्षित गर्न यस्तो व्यवस्था गरिएको युएईका सरकारी अधिकारहरुले बताएको समाचारमा जनाइएको छ ।

युएईले रोजगारी गर्नेहरु, स्वरोजगारहरु तथा लगानीकर्ताहरुलाई आकर्षित गर्न ५ बर्ष समयावधिको ग्रिन भिसा जारी गर्ने भएको हो । यस्तो भिसामा युएइृ जानेहरुले ५ बर्ष पछि पनि भिसा नविकरणको सुविधा प्राप्त गर्ने समाचारमा जनाइएको छ । यस्तो भिसामा युएई जानेहरुले आफन्तहरलाई पनि युएईमा लैजान सक्नेछन् ।

नेपालका लागि युएईको भिजिट भिसा समस्या बन्दै आएको छ । मानव तस्करहरुले धेरै कमाई हुने प्रलोभनमा पारेर ठूलो रकम ठगेर हजारौं नेपाली युवालाई युएई पुर्याइ अलपत्र पार्ने गरेका छन् । त्यसैले नेपालले भिजिट भिसामा युएई लगायतका मुलुकहरुमा जान खाडीका मुलुकहरु र भारत बाहेकका दुई मुलुक भ्रमण गरेको हुनुपर्ने लगायतका प्रावधान राखेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: