खाडी मुलुकमा गर्मीमा ध्यान दिनुस् यी कुराहरु

वैदेशिक रोजगारको क्रममा खाडीका मुलुकहरुमा कार्यरत श्रमिकले यो गर्मीको समयमा आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नु पर्दछ ।
खाडी मुलुकमा गर्मीको समयमा के कुरामा ध्यान दिने ?

गर्मी समयमा शरिरमा पसिना धेरै आउँछ, पानीको कमि हुनसक्दछ । अझ खाडीका मुलुकहरुमा काम गर्दा यो समयमा आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्दछ । गर्मीको समयमा शरिरलाई धेरै पानी आवश्यक पर्दछ, त्यसैले
– विहान उठ्ने वित्तिकै पानी पिउनुहोस् ।
– हल्का खाना खानुहोस् ।

– हरेक आधा घण्टामा कम्तीमा दुई ग्लास पानी पिउनुहोस । चिया, कफि, ईनर्जि ड्रिंक्स जस्ता कुरा नपिउनुहोस् ।
– काम गर्दा हल्का र खुकुलो लुगा लगाउनुहोस्, घाममा काम गर्दा टाउको र शरिर ढाक्ने लुगा लगाउनुहोस् ।

ध्यान दिनुहोस्:

– टाउको दुखेमा वा वाकवाकी लागेमा
– कमजोर महशुश भएमा वा रिंगटा लागेमा
– शरिरको तापक्रम बढेमा
– तिर्खा लागेमा
– पिसाव कम लागेमा

यी काम गर्नुहोस्:
– पानी खानुहोस् वा सहकर्मीलाई यस्तो भएमा पानी खान दिनुहोस्
– अनावश्यक लुगाहरु फुकाल्नुहोस्
– अलिक चिसो भएको ठाउँमा बस्नुहोस् वा अरुलाई यस्तो भएमा अलिक चिसो ठाउँमा लैजानुहोस
– एक्लै नबस्नुहोस् वा सहकर्मीलाई एक्लै नछोड्नुहोस्

पिसावको रंग हेर्नुहोस् । फिका पहेंलो भए ठिकै, गाढा पहेंलो भएमा शरिरमा पानी पुगेन भन्ने बुझ्नुहोस् र पानी पिउनुहोस् ।

यस्तो भएमा विशेष ध्यान दिनुहोस्,
– मुटुको धड्कन बढेमा
– धेरै पसिना आएमा
– कमजोर र थकित महशुश भएमा
– माँशपेशी बाउँडिएमा
– टाउको दुखेमा
– रिंगटा लागेमा, वाकवाक लागेमा
– शरिर शिथिल भएमा
तत्काल सुपरभाइजरलाई जानकारी गराउनुहोस्, अन्यथा गम्भीर स्वास्थ्य समस्या आइपर्न सक्दछ ।

गर्मीको समयमा आफ्नो स्वास्थ्यका विषयमा हेलचेक्रयाईं गर्दै गर्नुहुन्न, नत्र ज्यानै जान सक्दछ ।
सजग रहौं, सुरक्षित बनौं

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय