वैदेशिक रोजगारमा जानुपूर्व गर्नुपर्ने पूर्व तयारी के हुन् ?

वैदेशिक रोजगारमा जानु भनेको निश्चित समयका लागि घर तथा मुलुकबाट बाहिर रहने अवस्था हो । तसर्थ वैदेशिक रोजगारमा जाने निर्णण् कसैको देखासिकीमा वा लहैलहैमा गर्नु हुन्न । वैदेशिक रोजगारमा जानुपूर्व निम्न कुराहरूमा विचार पुर्याए फाइदा पुग्छ :

पारिवारिक सरसल्लाह
यदि वैदेशिक रोजगारमा नै जाने सोच आएमा यसबारे घर परिवारसँग राम्रो सरसल्लाह, परामर्श गरी आपसी सहमतिमा मात्र वैदेशिक रोजगारमा जाने निर्णय गर्नु पर्दछ ।

सीप सिक्ने
स्वदेशमा नै रहेर रोजगार वा स्वरोजगार हुन आवश्यक तालिम लिनु पर्दछ । विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले त्यस्ता तालिमहरू सञ्चालन गरिरहेका हुन्छन् । ती निकायहरूबाट तालिम सम्बन्धी जानकारी लिईरहनु पर्दछ । यदि वैदेशिक रोजगारमा नै जाने हो भने पनि आफूले गर्न सक्ने र विदेशमा पाउने काम सम्बन्धी तालिम लिनु पर्दछ । सीप सिकेको व्यक्तिले विदेशमा तुलनात्मक रूपमा बढी तलब पाउँछन् ।

काम गर्न जान लागेको देशको बारेमा जानकारी लिने
आफू जान लागेको देशको भौगोलिक स्थिति, हावापानी, रहनसहन, भाषा धर्म, कानून, काम गर्ने वातावरण आदि बारेमा सामान्य जानकारी लिनु पर्दछ । नेपाल सरकारले जान रोक लगाएको देशमा जानु हुँदैन ।

भ्रमण (भिजिट) भिसामा काम गर्न जानु नहुने
विभिन्न प्रलोभनमा परेर कतिपय: मानिसहरू भ्रमण (भिजिट) भिसामा विदेशमा काम गर्न गएका पाइन्छन् । भ्रमण गरेर आउने प्रयोजनमा पाएको भिसामा विदेश जाँदा काम पाउने कुनै निश्चित हुँदैन, जसले गर्दा अलपत्र परेर फर्किनु पर्ने हुन्छ । नेपाल सरकारबाट श्रम स्वीकृति नलिएको अवस्थामा यदि विदेशमा काम नै पायो भने पनि उसलाई भविष्यमा कुनै समस्या वा भवितव्य परेमा आवश्यक सेवा सुविधाहरू नपाउन सक्छ । त्यसैले विदेशमा काम गर्न जाने व्यक्तिले कहिल्यै पनि भ्रमण भिसामा जानु हुँदैन ।

कामको खोजी र कामको आधिकारिकता बुझ्ने
कुन कुन देशमा के कस्तो कामहरूको माग भएको छ भन्ने कुरा वैदेशिक रोजगार विभागको आधिकारिक वेबलिंक र पत्रपत्रिकामा पनि हेर्न सकिन्छ । मेनपावर कम्पनीले भनेको काम आधिकारिक हो वा होईन भन्ने कुरा वेबलिंकमा जाँच गरी हेर्नु पर्दछ ।

मान्यता प्राप्त मेनपावर कम्पनीमा आवेदन दिने
विदेशमा कामदार माग भई आएको सूचना अनुसार नेपाल सरकारबाट मान्यता प्राप्त मेनपावर कम्पनीबाट मात्र वैदेशिक रोजगारका लागि आवेदन दिनु पर्दछ । व्यक्तिगत सम्पर्क तथा अवैधानिक तवरले वैदेशिक रोजगारीमा जाँदा ठगीमा पर्ने जोखिम बढी हुन्छ ।

कागजात सुरक्षित रुपमा राख्ने
मेनपावर कम्पनीलाई राहादानी दिँदा, रकम बुझाउँदा तथा हरेक लेनदेनको रसिद लिई सुरक्षित राख्नु पर्दछ । वैदेशिक रोजगारको प्रक्रियामा तयार गरिएका सबै कागजातको सक्कल आफूसँग राख्ने र दुईरदुई प्रति फोटोकपि गरी १ प्रति आफैसँग र १ प्रति घर परिवारलाई दिएर सुरक्षित राख्नु पर्दछ ।

सहयोगी निकायबारे जानकारी राख्ने
आप्रवासी श्रोत केन्द्र, सम्बन्धित देशको नेपाली राजदूतावास, गैरआवासीय नेपालीहरूको संस्था, कामदारहरूको संगठित सामाजिक संस्थाहरू लगायतका सम्बन्धित सहयोगी निकायको नाम, ठेगाना र सम्पर्क फोन नम्बर लिएर सधैं आफ्नो साथमा राख्नुपर्दछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय