इजरायलको रोजगारी: जान्नै पर्ने महत्वपूर्ण कुराहरु

नेपाल र इजरायलबीच वि.सं २०७७ मा श्रम सम्झौता भएको छ । इजरायलमा नेपालबाट खासगरी केयरगिभर, कृषि तथा पशुपालन क्षेत्रको काममा श्रमिकहरु जाने गर्दछन् । पछिल्लो समयमा केयर गिभरको काममा जाने गर्दछन् । भौगोलिक रुपमा सानो मुलुक इजरायल उत्तर दक्षिण फैलिएको छ । इजरायली नागरिकको औषत उमेर ८२ बर्षभन्दा बढी छ । तसर्थ सो मुलुकमा वृद्धवृद्धाहरुको हेरचाहका लागि विदेशी श्रमिक लिने गरिन्छ । श्रमिक छनौटको काम दुई देशका सरकारी निकायहरुबीचको समन्वयमा हुने गर्दछ । कृषि तथा पशुपालन क्षेत्रको काममा जानेहरु मध्ये अधिकांश सीमित समयको लागि प्रशिक्षार्थी श्रमिकको रुपमा जाने गर्दछन् ।

इजरायलमा विविध प्रकार (धेरै गर्मी, धेरै चिसो, औषत तापक्रम) को हावापानी पाइन्छ । यूरोप, मध्यपूर्व, उत्तर अमेरिका तथा पूर्व सोभियत संघ अन्तर्गतका मुलुकहरुबाट आएकाहरुको बसोवास रहेको इजरायलमा बहुसंख्यक नागरिक जिविस रहेका छन् । कुल जनसंख्याको ७५ प्रतिशतको हाराहारीमा जिविस छन् भने बाँकी अरब मुलुका नागरिक तथा केही अन्य रहेका छन् । खेतियोग्य जमिन थोरै भए पनि आधुनिक कृषि प्रणाली प्रयोग गरेको इजरायल खाद्यान्नमा लभभग आत्मनिर्भर छ ।

यी केहि महत्वूर्ण विषयहरु हुन्

इजरायलको राजधानीको नाम के हो ?
इजरायलको राजधानी जेरुसेलम हो ।

इजरायलका प्रमुख शहरहरु कुन कुन हुन् ?
९० प्रतिशतभन्दा बढी नागरिक शहरमा बस्ने इजरायलका प्रमुख शहरहरु जेरुसेलम, तेल अभिभ, हाइफा लगायत हुन् । जनघनत्व तथा आर्थिक, सांस्कृतिक हिसावले ति शहरहरु महत्वपूर्ण छन् । जेरुसेलम राजधानी हो भने तेल अभिभ औद्योगिक, व्यवसायिक तथा सांस्कृतिक हिसावले महत्वपूर्ण शहर हो । यसैगरी हाईफा शहर बन्दरगाह, औद्योगिक तथा व्यापारिक महत्वको शहर हो ।

इजरायलको मौसम कस्तो हुन्छ ?
भौगोेलिक विविधता रहेको इजरायलमा मौसममा पनि विविधता छ । मरुभूमिदेखि हरिया पहाडसम्म रहेको इजरायलको कुनै भागमा बढी गर्मी तथा कुनै भागमा बढी चिसो हुने गर्दछ । जनवरी, फेब्रुअरी महिनामा बढी चिसो हुने गर्दछ ।

इजरायलको जनसंख्या कति होला ?
जनसंख्याको बारेमा प्रत्यक्ष विवरण अनलाईनमा देखाउने जततउकस्ररधधध।धयचमियmभतभचक।ष्लाय अनुसार सन् २०२१ को मार्च महिनामा इजरायलको जनसंख्या ८६ लाखभन्दा बढि छ । यसमध्ये झण्डै ७५ प्रतिशत जिविस छन् भने २० प्रतिशतको हाराहारी अरविक तथा बाँकी अन्य रहेका छन् ।

इजरायलका छिमेकी देशहरु कुन–कुन हुन् ?
इजरायलका छिमेकी देशहरु लेबनान्, इजरायल, ईजिप्ट, सिरिया हुन् । ति मुलुकहरुसँग इजरायलको स्थल सिमाना जोडिएको छ ।

इजरायलमा कुन धर्म मान्नेहरुको बाहुल्यता छ ?
इजरायलमा जुडिजम धर्म मान्नेहरुको बाहुल्यता छ । यो स्थानीय जीविस जातिले परापूर्वकालदेखि नै मान्दै आएको धर्म हो । त्यसपछि ईस्लाम र क्रिश्चियन धर्मावलम्वीहरु रहेका छन् ।

इजरायलमा कुन – कुन भाषा बोलिन्छ ?
बहुभाषिक र बहुसांस्कृतिक मुलुक इजरायलको आधिकारिक सरकारी भाषा हिब्रु हो । अरविक भाषा बोल्नेहरुको संख्या पनि ठूलो छ । अंग्रेजीका साथै रुसी, फ्रेञ्च लगायतका भाषा पनि बोल्ने गरिन्छ । विश्वका विभिन्न मुलुकहरुबाट आएकाहरुको बसोवास रहेका कारण इजरायलको भाषा र संस्कृतिमा विविधता छ ।

इजरायलको शासन व्यवस्था कस्तो छ ?
प्रजातान्त्रिक मुलुक इजरायलमा प्रधानमन्त्री राष्ट्रप्रमुख हुने गर्दछन् । प्रधानमन्त्रीको छनौट संसदबाट हुन्छ ।

इजरायलको मुद्रालाई के भनिन्छ ?
इजरायलको मुद्रालाई न्यू इजरायली सिकल भनिन्छ ।

इजरायलमा साप्ताहिक बिदा कहिले हुन्छ ?
सामान्यतया इजरायलमा साप्ताहिक विदा शनिवार हुन्छ । ईस्लाम, क्रिश्चिय धर्मिक आस्थाका आधारमा पनि साप्ताहिक विदा फरक दिनमा लिन पाइने व्यवस्था छ ।

इजरायलमा हुने सार्वजनिक बिदाहरु कुन–कुन हुन् ?
इजरायलमा रोसासनाह (नयाँ वर्ष), सुकोट, योङकिपुर, खानुका, पेशाक जस्ता दिन तथा चाडपर्वहरुमा सार्वजनिक विदा दिईन्छ ।

नेपाल र इजरायलबीच कति समयको फरक छ ?
नेपालको समयभन्दा इजरायलको समय ३ घण्टा ४५ मिनेट ढिलो छ । उदाहरणका लागि नेपालमा विहानको १० बज्दा ईजरायलमा सो समयमा विहानको ६:१५ भएको हुन्छ ।

इजरायलको आम्दानीको मुख्य स्रोत के के हुन् ?
इलेक्ट्रोनिक्सका सामान, कम्प्यूटर हार्डवेयर तथा सफ्टवेयर, कृषि यन्त्र तथा प्रविधि (एग्रो टेक्नोलोजी), खाद्यान्न प्रशोधन, हिराको व्यवसाय लगायत इजरायलको आम्दानीका मुख्य स्रोत हुन् । यसैगरी पर्यटन पनि इजरायलको अर्काे प्रमुख आम्दानीको स्रोतमा पर्दछ ।

कुन–कुन देशबाट आप्रवासी कामदार ईजरायलमा रोजगारीका लागि जान्छन् ?
इजरायलमा कृषि, केयरगिभर तथा निर्माण क्षेत्रको काममा आप्रवासी श्रमिकहरु धेरै संलग्न छन् । इजरायलमा नेपालका साथै भारत, श्रीलंका, थाईल्याण्ड, फिलिपिन्स, चीन, नाइजेरिया, रोमानिया, लगायतका मुलुकबाट रोजगारीका लागि जाने गर्दछन् । केयरगिभरको काममा फिलिपिन्सबाट सबैभन्दा धेरै जाने गरेका छन् भने दोस्रोमा नेपालीको संख्या छ । यसैगरी कृषि क्षेत्रको रोजगारीमा ठूलो संख्यामा थाईल्याण्डका नागरिक संलग्न छन् भने थोरै संख्यामा नेपाल, श्रीलंका लगायतका मुलुकबाट पनि गएका छन् ।

इजरायलबाट नेपाल तथा नेपालबाट इजरायल फोन गर्नुपर्ने भएमा डायल कोड कति डायल गर्ने ?
इजरायलबाट नेपाल फोन गर्नुपर्ने भएमा फोन नम्बरको अगाडि +९७७ डायल गर्नु पर्दछ भने नेपालबाट इजरायलमा फोन गर्नुपर्ने भएमा फोन नम्बरको अगाडि +९७२ डायल गर्नुपर्दछ ।

मानव अधिकार एवं लैङ्गिक सवालको अवस्था
मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ अनुसार मानव अधिकार विश्वव्यापी र अभिभाज्य हुन्छ जसमा सबै व्यक्तिहरु जन्मजात स्वतन्त्र र प्रतिष्ठाको अधिकार, जाति, वर्ण, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य विचारधारा, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पति, जन्म वा अन्य कुनै हैसियतका आधारमा विभेद गर्न नपाइने, स्वतन्त्र रुपमा हिँड्डुल गर्न पाउने अधिकार, चाहेको खण्डमा आफ्नो देश लगायत कुनै पनि देश छोड्न पाउने र आफ्नो देश फर्कन पाउने अधिकार, कामको छनौट गर्न पाउने अधिकार, पर्याप्त खान तथा बस्न पाउने अधिकार, उपयुक्त स्वास्थ्य सेवारसुविधाको अधिकार लगायतका विविध मानवीय दृष्टिकोणबाट पाउने अधिकारहरु पर्दछन् । विश्वका १९३ मुलुकले मानवअधिकारको प्रत्याभूति दिने गरि यस घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

यौन हिंसा तथा दुव्र्यवहारलाई इजरायलको कानुनले फौजदारी अभियोग मानेको छ । रोजगारीबाट निकाल्ने धम्की दिएर यौन सम्बन्ध राख्न बाध्य बनाउने वा यौनजन्य क्रियाकलापमा संलग्न हुन बाध्य बनाएमा त्यस्तो व्यक्तिलाई कडा कानुनी कारवाही हुने व्यवस्था छ । आफूलाई कुनै दुव्र्यवहार भएमा स्थानीय प्रहरी, नेपाली दूतावास वा आप्रवासी श्रमिकलाई मदत गर्ने स्थानीय सामाजिक संस्थाहरुमा सम्पर्क राख्न सकिन्छ ।

ट्राफिक नियम
नेपालमा बायाँ लेनबाट गाडी चल्ने गर्दछन् भने ईजरायलमा दायाँ लेनबाट चल्ने गर्दछन् । यसैगरी चौडा सडकहरुमा धेरैवटा लेनमा गाडी चल्ने भएका कारण सुरुमा ईजरायल पुगेपछि सडक पार गर्दा विशेष ध्यान दिनुपर्दछ । सडक पार गर्नका लागि तोकिएको ठाउँ (जेब्रा क्रसिङ्ग) भएको स्थानमा हरियो बत्ति बलेपछि मात्र सडक पार गर्नु पर्दछ अन्यथा दुर्घटनामा पर्न पनि सकिन्छ । सार्वजनिक बस, ट्याक्सी, रेल सेवा रहेको इजरायलमा सार्वजनिक यातायातको मुख्य साधन सार्वजनिक बस नै हो । सडकमा तीव्र गतिमा गाडी गुड्ने भएका कारण सडकमा हिंड्दा, बाटो काट्दा विशेष ध्यान दिनु पर्दछ ।

इजरायलमा रोजगारीको क्रममा रहँदा यी विषयहरुमा ध्यान दिनुहोस्:
– रोजगार करार सम्झौता अवधिभित्र आफूखुसी रोजगारदाता परिवर्तन गर्नु हुँदैन । कसैको लहैलहैमा लागेर रोजगारदाता परिवर्तन गरेमा गैरकानुनी भएर कानुनी समस्यामा परिन्छ ।
– जति समयावधिका लागि रोजगार सम्झौता गरेर इजरायल गएको हो सो समयभन्दा बढी बस्नु हुँदैन । सम्झौताको अवधि सकिएपश्चात स्वदेश फर्किनु पर्दछ । यदि बढी समयसम्म बसेमा अलेखवद्द हुने भएका कारण विभिन्न खालका समस्याहरु आई पर्दछन् । पुन: सोही कम्पनीमा नै रोजगारीमा जान ईच्छुक भएमा रोजगार सम्झौता सकिएपश्चात छुट्टीमा नेपाल आएर पुन: श्रम स्वीकृति लिएर जानु पर्दछ ।
– कम्पनीले उपलव्ध गराएको परिचयपत्र सदैव साथमा बोकेर हिंड्नु पर्दछ ।
– धेरै रकम साथमा राख्नु हुन्न, मासिक रुपमा तलब प्राप्त भएपश्चात नेपालमा आफ्नो वा आफ्नो परिवारको सदस्यको बैंक खातामा रकम पठाउनु पर्दछ ।
= कुनै चिठ्ठा वा उपहार पर्ने आश्वासनका खेलहरु खेल्नु हुँदैन जसले सर्वस्वहरण भएका उदाहरणहरु पनि छन् ।
= धूम्रपान तथा मद्यपान गर्नु तथा होहल्ला गर्नु हुँदैन ।
= करार सम्झौतामा तोकिए अनुसारको काम, तलव नपाएमा वा अन्य कुनै समस्या आइपरेमा नेपाली दूतावासमा सम्पर्क गरी मद्दत लिनु पर्दछ ।
(पाठकका लागि महत्पूर्ण हुने ठानेर यो जानकारी वैदेशिक रोजगार बोर्डको पूर्व प्रस्थान अभिमुखिकरण तालिम प्रशिक्षक मार्गदर्शनबाट साभार गरिएको हो)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय