कतार, साउदी र दक्षिण कोरियाका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन

सरकारले यस अगाडी प्रस्ताव गरेका मध्ये कतारका लागि प्रस्तावित राजदूत नरेशविक्रम ढकाल, साउदी अरेबियाका लागि प्रस्तावित नवराज सुवेदी, दक्षिण कोरियाका लागि प्रस्तावित ज्योति प्याकुरेल र अस्ट्रेलियाका लागि प्रस्ताव गरिएका कैलाशराज पोखरेलको नाम संसदिय समितिले अनुमोदन गरेको छ । संसदको सुनुवाई समितिले उनीहरुको नाम अनुमोदन गरेको हो ।

नयाँ सरकार गठन भएसँगै फिर्ता बोलाइएका र राजदूतको अवधि सकिएका मुलुकहरुमा सरकारले नयाँ राजदूतहरु पठाउन लागेको हो । समितिले यस अगाडी नै मलेसियाका लागि सिफारिस भएका डिल्लीराज पौडेल, शर्मिला पराजुली ढकाल (स्पेन), मिलन तुलाधर (रुस), शान्ता रिजाल (इजराइल), विष्णुपुकार श्रेष्ठ (चीन) र दानबहादुर तामाङ (दक्षिण अफ्रिका) को नाम अनुमोदन गरिसकेको छ ।

संसदीय समितिले अनुमोदन गरेपश्चात प्रस्तावित राजदूतको नाम स्वीकृति (एग्रिमो) का लागि सम्बन्धित मुलुकमा पठाउने गरिन्छ । सो मुलुकले प्रस्तावित राजदूतको नाम स्वीकृत गरेर पठाएपछि राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्ने प्रावधान छ ।

यो पनि पढ्नुहोस् कतारको दावी: हामीले गरेको काम गर्व गर्न लायक

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: