कतारले बन्द गरिदियो चारवटा मेनपावर कम्पनी

कतारले कानुन पालना नगरेको भन्दै चारवटा श्रमिक उपलव्ध गराउने (मेनपावर) कम्पनीहरु बन्द गरिदिएको छ । कतारको श्रम मन्त्रालयले विदेशी श्रमिक कतार ल्याउने काममा संलग्न ति कम्पनीहरु बन्द गरिएको बताएको हो ।

कतारको श्रम मन्त्रालया अनुसार बन्द गरिएका कम्पनीहरुमा अल ताक्दीम मेनपावर (Al-Taqaddum Manpower) , गोल्डेन एरो मेनपावर (Golden Arrow Manpower ), ग्रिन ल्याण्ड मेनपावर (Green Land Manpower) र सिटी जव्स (City Jobs) रहेका छन् ।

मन्त्रालयले नियमित अनुगमन गरिरहेको र श्रम कानुन विपरित काम गर्ने कम्पनीहरुलाई कारवाही हुने चेतावनी पनि दिएको छ । मन्त्रालयले सवै व्यक्तिलाई कुनै कम्पनीले गलत काम गरिरहेको भएमा मन्त्रालयको हटलाइन नम्वर ४०२८८१०१ मा फोन गरेर वा info@mol.gov.qa मा ईमेल गरेर जानकारी दिन अनुरोध पनि गरेको छ ।

यो पनि पढ्नुहोस् कतारको दावी: हामीले गरेको काम गर्व गर्न लायक

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: