विदेश पठाउने नाममा २२ जनाबाट ठगियो २ करोड ८८ लाख, विभागद्दारा मुद्दा दायर

आकर्षक तलव सुविधा हुने काममा पोर्चुगल, स्पेन, फ्रान्स लगायतका युरोपका मुलुकहरुमा पठाउने भन्दै २२ जना व्यक्तिलाई झण्डै तीन करोड ठगेको अभियोगमा पक्राउ परेका व्यक्तिहरु विरुद्द वैदेशिक रोजगार विभागले मुद्दा दायर गरेको छ । जिनियस एजुकेशन एण्ड कन्सल्टेन्सी सर्भिस प्राली नामको कम्पनीका सञ्चालकहरुले ति व्यक्तिबाट २ करोड ८८ लाख ४१ हजार ७ सय ठगेको अभियोगमा तीनजना विरुद्द मुद्दा दायर भएको हो ।

विभागका सुचना अधिकारी कृष्ण प्रसाद भुसालका अनुसार मुद्दा चलाइएकाहरुमा सो कन्सल्टेन्सीका सञ्चालक सुजन भट्टराईका साथै मेख बहादुर गुरुङ र सुनिल लम्साल रहेका छन् । ठगिमा परेको भन्दै पीडितहरुले दिएको निवेदनका आधारमा उनीहरु पक्राउ परेका थिए ।
विदेशका विभिन्न विश्वविद्यालयहरुमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श दिने उद्देश्यले सञ्चालन गरिएको सो कन्सल्टेन्सीले अशोक चौधरी सहित २२ जना व्यक्तिलाई फ्रान्स लगायतका मुलुकमा रोजगारीमा पठाउने प्रलोभन दिएर रकम उठाएको अनुसन्धानका क्रममा पुष्टि भएको विभागले जनाएको छ ।

विभागले सो ठगि रकममा हर्जाना १ करोड ४३ लाख २५ हजार ८ सय ५० रुपैंया थपेर ४ करोड ७ लाख भन्दा बढी मागदावी सहित वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो । वैदेशिक रोजगार ऐन, २०६४ विपरित काम गरेको भन्दै विभागले पक्राउ परेकाहरुलाई गैरकानुनी रुपमा व्यक्तिलाई विदेश पठाउन खोजेको भन्दै ऐनको दफा ४३ बमोजिम कारवाहीको माग गरेको छ । यसरी विदेश पठाउने काम गर्नेलाई ३ लाख देखि ५ लाखसम्म जरिवाना र तीन बर्ष देखि सात बर्ष कैद सजाय हुने व्यवस्था छ । विदेश पठाइनसकेको अवस्थामा आधा सजाय हुने कानुनी प्रावधान छ ।

यो पनि पढ्नुहोस् दुईवटा मेनपावर कम्पनीले दिए इजाजत रद्दको निवेदन, कसैको लिनुदिनु भएमा सम्पर्क गर्न विभागद्दारा सुचित

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय