दुईवटा मेनपावर कम्पनीले दिए इजाजत रद्दको निवेदन, कसैको लिनुदिनु भएमा सम्पर्क गर्न विभागद्दारा सुचित

दुईवटा मेनपावर कम्पनीहरुले आफ्नो इजाजतपत्र रद्द गरिदिन वैदेशिक रोजगार विभागमा निवेदन दिएका छन् । नेपाली श्रमिक रोजगारीका लागि विदेश पठाउने इजाजत लिएका स्किल्ड ह्युमन रिसोर्स प्राली र पुष्पा ईन्टरप्राइजेज प्रालीले आफ्नो इजाजत पत्र रद्दका लागि वैदेशिक रोजगार विभागमा निवेदन दिएका हुन् ।

वैदेशिक रोजगार विभागले एक सुचना प्रकाशित गर्दै ति मेनपावर कम्पनीहरुले विभाग समक्ष इजाजतपत्र रद्द गरी धरौटी रकम फिर्ता तथा बैंक ग्यारोन्टी फुकुवा गरी पाउँ भन्दै निवेदन दिएका छन् । विभागले ति मेनपावर कम्पनीहरुमा कसैको हक स्वामित्व वा लेनदेनमा असर पर्ने भएमा वा कसैलाई मर्का पर्ने भएमा ३५ दिन भित्रमा सवुद प्रमाण सहित विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ । सो समय भित्र कसैले दावी विरोध नगरेमा मेनपावर कम्पनीले मागे बमोजिम इजाजत पत्र रद्द हुने र धरौटी रकम फिर्ता तथा बैंक ग्यारेण्टी फुकुवा हुने विभागले जनाएको छ ।

वैदेशिक रोजगारमा श्रमिक पठाउन वैदेशिक रोजगार विभागबाट प्रकृया पुर्याएर इजाजत लिनु पर्ने व्यवस्था छ । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार त्यसरी इजाजत लिएका मेनपावर कम्पनीहरुले रोजगारीका लागि नेपाली नागरिकलाई पठाउन खुल्ला गरिएका मुलुकहरुबाट माग ल्याई आवश्यक प्रकृया पुरा गरेर श्रमिक पठाउन पाउँदछन् । इजाजत नलिई कसैले श्रमिक पठाएमा मानव तस्करी गरेको ठहरिने र कारवाही हुने व्यवस्था छ ।

पछिल्लो समयमा केहि मेनपावर कम्पनीहरुले भनें श्रमिक पठाउन नसकेपछि इजाजतपत्र रद्दका लागि विभागमा निवेदन दिन थालेका छन् । यस अगाडी पनि केहि मेनपावर कम्पनीहरुले आफ्नो इजाजतपत्र रद्द, धरौटी फिर्ता र बैंक ग्यारेण्टी फुकुवा गरिदिन माग गर्दै विभागमा निवेदन दिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय