श्रमिक पञ्जिकरणमा जेटीयूसीसीसीको जोड

संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले नेपालमा सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्न श्रमिकहरुको पञ्जिकरणमा जोड दिएको छ । जुन क्षेत्रमा श्रमिकले सामाजिक सुरक्षा प्राप्त गरेका छैनन्, सो क्षेत्रमा सामाजिक सुरक्षा लागु हुनु पर्ने जेटीयूसीसीको धारणा छ ।

मे दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जेटीयूसीसीका अध्यक्ष प्रेमल खनालले करारमा कार्यरत ५० ६० हजार श्रमिकले समेत सामाजिक सुरक्षा प्राप्त नगरेको भन्दै अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन खाँचो रहेको धारणा राखे । अनौपचारिक क्षेत्र र स्वरोजगार श्रमिकहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्द गर्न यथाशिघ्र कार्यविधिलाई पूर्णता दिन जेटीयूसीसीले माग गरेको छ । साथै पालिका स्तरबाट नै श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्द गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।

पारिश्रमिक निर्धारण समितिको स्थायीत्व सहित न्यूनतम पारिश्रमिक पूर्ण कार्यान्वयनको व्यवस्था गर्न, अर्धन्यायिक अधिकार सहितको राष्ट्रिय श्रम आयोग यथाशिघ्र गठन गर्न पनि जेटीयूसीस्लिे सरकारसँग माग राखेको छ । उत्पादनशिल क्षेत्रमा व्यापक लगानी गरी रोजगारीका अवसरहरु सिर्जना पनि माग गरिएको छ । यसैगरी पालिकास्तरमा श्रमिक सहायता कक्ष स्थापना गरी स्वदेश र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको तथ्याङ्क अद्यावधिक गरी उनीहरुको अवस्था विश्लेषण गर्न पनि माग राखिएको छ ।

संयुक्त प्रयत्नबाट मात्र मर्यादित रोजगारी, असल श्रम सम्बन्ध निर्माण एवम् श्रमिक बर्गको सम्मान र सृमद्धिको उद्देश्य प्राप्त हुने भन्दै जेटीयूसीसीले श्रमिकहरुको हकहितका लागि सरोकारवालाहरुसँग निरन्तर सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्दता जनाएको छ । मर्यादित श्रम, सुरक्षित रोजगार, विकास र समृद्दिको आधार नारा सहित आइतवार देशभरी विभिन्न कार्यक्रमहरु आयोजना गरी मे दिवस मनाइँदैछ ।
यो पनि पढ्नुहोस् बैंकले दिने भन्दा सामाजिक सुरक्षा कोषले दिने सुविधा धेरै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: