२१ जना नेपालीले पाए क्षमादान

रमादानको अवशर पारेर कतारले जेल सजाय भोगिरहेका २१ जना नेपालीलाई क्षमादान दिएको छ । दोहास्थित नेपाली दूतावासका अनुसार कतारका अमिर तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्वीहरुको पवित्र महिनाको अवसरमा विभिन्न अभियोगमा सजाय काटिरहेकाहरुलाई क्षमादान दिएका हुन् ।

क्षमादान पाउनेमा यौनजन्य कृयाकलापमा संलग्न भएका ३ जना, चोरीसँग सम्वन्धित कृयाकलापमा संलग्न भएका ११ जना, मादक पदार्थको विक्रिवितरणमा संलग्न २ जना र आर्थिक हिनामिनामा संलग्न भएका ५ जना रहेको जनाइएको छ ।

क्षमादान पाएका व्यक्तिलाई सम्वन्धित निकायले जानकारी गराउने प्रकृया रहेको दूतावासको भनाई छ ।

यो पनि पढ्नुहोस् दैनिक सरदर १७ सय ६५ नेपाली रोजगारीका लागि विदेशिंदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: