ओमिक्रोनमा कस्तो मास्क प्रभावकारी ?

कोभिड १९ को पछिल्लो भेरिएण्ट ओमिक्रोनले अहिले विश्वका विभिन्न मुलुकमा ठूलो संख्यामा व्यक्तिहरु संक्रमित भइरहेका छन् । सो भेरिएण्टका संक्रमितहरु अफ्रिका, अमेरिका, युरोप हुँदै दक्षिण एसियामा पनि फैलिइसकेको छ । छिमेकी मुलुक भारतमा दैनिक दुई लाख भन्दा बढी कोभिड १९ का संक्रमित भेटिन थालेको अवस्थामा विगत १० दिनयता नेपालमा पनि कोभिड संक्रमितको संख्या उकालो लागेको छ ।

यो अवस्थामा ओमिक्रोन विरुद्द कस्तो मास्क प्रभावकारी हुन्छ त ? कतारको स्वास्थ्य मन्त्रालयको सुझाव अनुसार स्वास्थ्यकर्मी बाहेक सर्वसाधारणले सामान्य कपडाको मास्कको सट्टा तीन लेयरको सर्जिकल मास्क लगाउनु उपयुक्त हुन्छ । तीन लेयरको मास्कले राम्रो सुरक्षा दिने जनाइएको छ ।

यसैगरी मास्कको माथिल्लो भागमा थिच्दा नाकमा हावा नपस्ने हुनु पर्ने मन्त्रालयले जनाएको छ । उमेर धेरै भएका, दिर्घ स्वास्थ्य समस्या भएकाहरुले भनें एन९५ तथा केएन ९५ मास्क लगाउनु उपयुक्त हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: