वर्तमान सरकार फ्रि भिसा, फ्रि टिकटको निर्णयबाट पछि हट्न खोजेको आरोप, प्रभावकारी कार्यान्वयनमा जोड

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले सरकारले लागु गरेको फ्रि भिसा, फ्रि टिकटको निर्णयबाट पछि हट्न नमिल्ने बताएको छ । वर्तमान सरकारले फ्रि भिसा, फ्रि टिकटको निर्णय प्रभावकारी कार्यान्वयन नभएको बहानामा त्यसमा फेरवदल गर्ने प्रयत्न सुरु गरेको भन्दै जिफन्टले सो नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएको हो ।

सन् २०२१ को अन्तराष्ट्रिय प्रवासी श्रमिक दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले नेपालमा मर्यादित काम नभएकै कारण धेरै नेपाली विदेश जान बाध्य भइरहेको बताए । उनले गन्तव्य मुलुकहरुमा पनि रोजगारी मर्यादित हुनु पर्नेमा जोड दिए । नेपालमा वैदेशिक रोजगार व्यवसायी संस्थाहरुको संख्या पनि आवश्यकता भन्दा धेरै रहेको भन्दै उनले त्यसमा पनि कटौती हुनुपर्ने धारणा राखे ।

जिफन्ट अध्यक्ष श्रेष्ठले सरकार श्रमिक मैत्री नहुँदा तथा वैदेशिक रोजगार व्यवसायीहरुको ध्यान केवल कमाउनेमा केन्द्रीत हुँदा वैदेशिक रोजगारमा जान चाहनेहरु समस्यामा परिरहेको बताए । उनले नेपालमा अस्थिर सरकार भएका कारण धेरै कुरामा परिवर्तन हुन नसकेको धारणा राखे ।

अन्तराष्ट्रिय प्रवासी श्रमिक दिवसको अवशर पारेर जिफन्टले फयाक्टसिट पनि प्रकाशन गरेको छ । सो फ्याक्टसिटमा सन् २०२१ का प्रवासी श्रमिकसँग सम्वन्धित तथा प्रवासमा भएका महत्वपूर्ण नीतिगत सुधारको विषयलाई समेटिएको छ ।

जिफन्टले सन् २०२१ मा आफ्नो केन्द्रीय कार्यालयमा साउदी अरव, कतार, युएई, कुवेत लगायतका मुलुकको रोजगारसँग सम्वन्धित १८ वटा निवेदन प्राप्त भएको र १ सय १ जनाले सहयोग पाएको जानकारी दिएको छ । त्यसमध्ये २० जनाको उद्दारमा मद्दत गरिएको थियो भनें २५ जनाको राहदानी फिर्ता, २० जनासँग मेनपावर कम्पनीले बढी रकम मागेको विषयहरु रहेका थिए । फ्याक्टसिटमा युएईको नयाँ श्रम कानुन, कतारको श्रम कानुनमा भएको सुधार, रिक्रुटमेण्ट एडभाइजरमा श्रमिकले गरेका समिक्षाको विश्लेषण लगायतका विषयहरु समेटिएका छन् ।

हाइव्रिड मोडलमा आयोजित कार्यक्रममा कुवेत, मलेसिया, कतार लगायतका मुलुकहरुमा कार्यरत जिफन्ट सपोर्ट ग्रुपका सदस्यहरु पनि सहभागि थिए । जिफन्टले यस बर्षको नारा श्रम आप्रवासन: कर होइन रहरको विषय बनाऔं राखेको छ ।

यो पनि पढ्नुहोस् महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि नेतृत्व विकास तालिम

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: