युएईको नयाँ श्रम कानुन: कस्तो हुने छ रोजगार करार ?

संयुक्त अरव ईमिरेट्स (युएई) को नयाँ श्रम कानुनले रोजगारको प्रकृतिलाई परिवर्तन गरेको छ । यस अगाडी पूर्ण समय काम गर्ने मात्र व्यवस्था रहेकोमा नयाँ श्रम कानुनले पूर्ण समय, आँशिक तथा लचकपूर्ण (फ्लेक्जीवल) रोजगारीको व्यवस्था गरेसँगै सोहि अनुरुपको रोजगार करारको व्यवस्था छ ।

गल्फ टाइम्सका अनुसार आगामी फेब्रुअरी २ तारिख देखि लागु हुनेगरी जारी गरिएको नयाँ श्रम कानुन अनुसार पूर्ण समय काम गर्ने श्रमिकहरुले पूर्ण समयकै लागि रोजगार करार सम्झौता गर्नुपर्नेछ ।

यसैगरी श्रम कानुनले आँशिक समय काम गर्ने सुविधा पनि दिएको छ । सो प्रकृतिको काम गर्नेहरुले निश्चित तोकिएको दैनिक कार्य समयका लागि वा निश्चित दिनको लागि मात्र रोजगार करार गर्न पाउने छन् ।

नयाँ कानुनमा अस्थायी रोजगारको पनि व्यवस्था छ । सो प्रकृतिको काम गर्नेहरुसँग कुनै निश्चित तोकिएको समय वा निश्चित कामका लागि मात्र रोजगार सम्झौता हुनेछ । सो प्रकृतिको काम सकिएसँगै यस प्रकारको रोजगार करारको अवधि सकिन्छ ।

कामको प्रकति अनुसार दैनिक वा आवश्यकता अनुसार कम बढी समय काम गर्नुपर्ने अवस्थामा भनें लचकपूर्ण (फ्लेक्जीवल) रोजगार करार गर्न सकिने व्यवस्था नयाँ श्रम कानुनमा गरिएको छ ।
यो पनि पढ्नुहोस्  युएईद्दारा श्रम कानुनमा महत्वपूर्ण सुधारको निर्णय, विदेशी श्रमिक लाभान्वित हुने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय