युएईद्दारा श्रम कानुनमा महत्वपूर्ण सुधारको निर्णय, विदेशी श्रमिक लाभान्वित हुने

युएईले आफ्नो श्रम कानुनमा महत्वपूर्ण सुधारको निर्णय गरेको छ । श्रम कानुनले श्रमिकले नि:शुल्क मुद्दा लड्न पाउने व्यवस्था देखि यौन दुव्र्यवहारबाट संरक्षणसम्मका व्यवस्थाहरु समेटिएको हो ।

युएईको अनलाइन खालिज टाइम्सका अनुसार श्रम कानुन सुधार अन्तर्गत कुनै श्रमिकले मुद्दा लड्नु पर्ने भएमा सो नि:शुल्क बनाइएको छ । एक लाख दिरामसम्मको शुल्कलाई हटाइएपछि यसबाट विदेशी श्रमिक लाभान्वित हुनेछन् ।

यसैगरी कुनै पनि श्रमिकलाई रोजगारदाताले जवर्जस्ती काममा लगाउन पाउने छैनन् । यसैगरी जर्वजस्ती काममा लगाउँदा नगरेमा त्यसबापत कुनै जरिवाना पनि रोजगारदाताले गर्न पाउने छैनन् । कुनै पनि सहकर्मी वा श्रमिकलाई यौन दुव्र्यवहार, जिस्क्याउने, शारिरीरी तथा मानसिक हिंसा गर्न पनि नयाँ कानुनले बन्देज लगाएको छ । कुनै पनि जात, वर्ण, रंग, लिङ्ग, धर्म, राष्ट्रियता आदिका आधारमा भेदभाव गर्न नपाइने व्यवस्था पनि कानुनमा गरिएको छ ।

युएईले ५ वर्षे मल्टिपल भिसा दिने

रोजगारदाता र श्रमिकबीच हुने करार तीन बर्षसम्मको हुन सक्ने र त्यसलाई सोही अवधि बरावर वा कम समयका लागि नविकरण गर्न सक्ने व्यवस्था पनि कानुनमा गरिएको समाचारमा जनाइएको छ । श्रम कानुनमा गरिएको सुधारका विषयमा सोमवार त्यहाँको मानव संशाधन मन्त्रालयले जानकारी दिएको हो । सो सुधार सहितको कानुन आगामी फेब्रुअरी २ तारिख देखि लागु हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय