युएईले ५ वर्षे मल्टिपल भिसा दिने

संयुक्त अरव ईमिरेट्स (युएई) ले आफ्नो मुलुक आउन चाहनेहरुलाई पाँच बर्षको मल्टिपल इन्ट्री भिसा दिने भएको छ । सो भिसा प्राप्त गर्ने पर्यटकले आफ्नै स्पोन्सरशीपमा आवश्यक मात्रामा युएईको भ्रमण गर्न पाउने भएका छन् ।

खलिज टाइम्सका अनुसार त्यस्तो भिसा प्राप्त गरेका व्यक्तिहरुले एकपटकमा ९० दिनसम्म युएईमा बस्न पाउनेछन् । थप बस्न चाहेमा ९० दिन थप्न पाउने सुविधा हुनेछ । फेडरल अथोरिटीका अनुसार यस्तो भिसा प्राप्त गर्न अनलाइन मार्फत आवेदन दिनु पर्नेछ ।

युएईका प्रधानमन्त्री शेख मोहम्मद बीन रसिद अल मोक्तुमले युएईलाई विश्वकै एउटा मुख्य पर्यटकिय गन्तव्य बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएका जनाएको समाचारमा जनाइएको छ । युएईमा प्रति बर्ष २ करोड १० लाख पर्यटक भित्रियाउने लक्ष्य छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय