कतारमा विश्वकप फुटवलका लागि फाइनल खेल हुने रंगशाला लगभग तयार

सन् २०२२ मा आयोजना हुने विश्वकप फुटवल प्रतियोगिताको फाइनल खेल लुसेल रंगशालामा हुँदैछ । सो रंगशाला ८० हजार दर्शक क्षमताको हुनेछ ।


फाइनल खेल आयोजना गरिने सो रंगशालाको अन्तिम चरणको काम हुँदै गरेको कतारको सरकारी सञ्चार माध्यमले जनाएको छ । विश्वकप फुटवल प्रतियोगिताका लागि तयार पारिएको ५ वटा रंगशाला यस अगाडी नै तयार भइसकेका छन् । छैठौं रंगशाला आगामी अक्टोवर २२ मा उद्घाटन हुँदैछ ।


विश्वकप फुटवल प्रतियोगिताका लागि तयार पारिंदै गरिएको रस अबु अवाण्ड रंगशालामा फिफा अरव कपको प्रतिस्पर्धा हुँदैछ । सो प्रतियोगिता आगामी नोभेम्वर ३० देखि डिसेम्वर १८ सम्म आयोजना हुनेछ । सो प्रतिस्पर्धामा विश्वकप फुटवल प्रतियोगिताका लागि लक्षित गर्दै तयार पारिएका ८ वटा मध्ये खलिफा अन्तराष्टिय रंगशाला तथा लुसेल रंगशालामा भनें अरव कपका खेल हुने छैनन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: