मलेसियामा बढ्दै कोरोना संक्रमण, मृत्यु पनि बढ्यो

नेपालीको एउटा मुख्य श्रम गन्तव्य मुलुक मलेसियामा पछिल्लो समयमा कोभिड-१९ (कोरोना) का संक्रमितको संख्या निरन्तर उकालो लागेको छ । मलेसियाले खोप अभियानलाई तिव्रता दिइरहेको समयमा संक्रमितको संख्या पनि दैनिक उच्च गतिमा बृद्दि भइरहेको छ ।

कोभिड-१९ का संक्रमितहरुको तथ्याङ्क सार्वजनिक गर्ने अनलाइन वल्र्डओमिटरका अनुसार पछिल्ला केहि दिनयता मलेसियामा दैनिक १५ हजारभन्दा धेरै संक्रमित फेला परिरहेका छन् । मलेसियाको स्वास्थ्य मन्त्रालयले सोमवार मलेसियामा १५ हजार ७ सय ६४ जना नयाँ संक्रमित फेला परेको जनाएको छ । आइतवार भनें १७ हजार १ सय ५० जना संक्रमित मलेसियामा फेला परेका थिए । शनिवार १७ हजार ७ सय ८६ जना संक्रमित फेला परेका थिए । मलेसियामा हालसम्म ११ लाख ४६ हजार व्यक्तिलाई कोभिडको संक्रमण भइसकेको छ । त्यसमध्ये ९ लाख ३७ हजारको हाराहारी भनें निको भइसकेका छन् ।

संक्रमित फेला पर्ने क्रम बृद्दि भएसँगै मृत्यु हुनेहरुको संख्या पनि बढेको छ । सोमवार कोरोनाको संक्रमणका कारण २ सय १७ जनाले मलेसियामा ज्यान गुमाएका थिए । आइतवार १ सय ६० जनाको ज्यान गएको थियो । हालसम्म मलेसियामा कोभिडका कारण ९ हजार ४ सय ३ जनाले कोरोनाको संक्रमण भएर ज्यान गुमाएका छन् ।

यसैबीच मलेसियाले आफ्ना वयस्क नागरिक मध्ये ३० प्रतिशतलाई पूर्ण खोप लगाइसकेको जनाएको छ । मलेसियाका स्वास्थ्यमन्त्रीले सोमवार एकै दिन ४ लाख ६८ हजार भन्दा बढी व्यक्तिलाई खोप लगाएपछि यस्तो बताएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । हालसम्म मलेसियाले पहिलो र दोश्रो मात्रा गरेर २ करोड १६ लाख ६८ हजार ९ सय ९९ मात्रा खोप लगाइसकेको जनाएको छ ।

यो पनि पढ्नुहोस् कतारको फेरिएको नियमस् होटल क्वारेण्टिन अनिवार्य

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: