कतारको फेरिएको नियम: होटल क्वारेण्टिन अनिवार्य

कतारले यस अगाडी निश्चित कम्पनीहरुद्दारा उत्पादित खोपको पुरा मात्रा लगाएकाहरुका लागि होटल क्वारेण्टिन बस्नु नपर्ने व्यवस्था गरेको भएपनि सो व्यवस्थामा परिवर्तन गरेको छ । कतार स्थित नेपाली दूतावासका अनुसार साउन १८ गतेदेखि नै नयाँ नियम लागु भइसकेको छ ।
परिवर्तित नियम अनुसार नेपालबाट कतार जानेहरुले कतारमा दुवै मात्रा खोप लगाएका वा कतारमा कोभिढ १९ संक्रमण भइ निको भएको १२ महिना अवधिभित्रका यात्रुहरुले दुई दिन होटल क्वारेण्टिनमा बस्नुपर्नेछ । यसरी गएकाहरुको दोश्रो दिनमा पिसीआर परीक्षण हुने र रिपोर्ट नेगेटिभ आए आफ्नो गन्तव्यमा जान पाइनेछ ।

तर कतार बाहिर जुनसुकै कम्पनीको खोप लगाएको भएपनि वा खोप नलगाएकाहरुले अनिवार्य रुपमा होटलमा १० दिन क्वारेण्टिन बस्नुपर्ने छ । यस बारेमा थप जानकारी आवश्यक परेमा सम्वन्धित एयरलाइन्ससँग सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: