इजरायलको रोजगारीका लागि आवेदन दिन यस्तो तोकियो आवश्यक योग्यता

इजरायलले नेपालबाट दीर्घकालिन स्याहार केन्द्रहरुमा काम गर्नेगरी एक हजार श्रमिक माग गरेको छ । मंगलवार देखि २१ दिन भित्रमा आवेदन दिनेहरु मध्येबाट छनौट गरी ति श्रमिकलाई इजरायलले रोजगारीका लागि लैजानेछ ।

आकर्षक तलव सुविधा रहेको इजरायलको रोजगारीका लागि जान चाहनेहरुका लागि आवश्यक योग्यता पनि तोकिएको छ । जसअनुसार २५ बर्ष पुरा भई ४५ बर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । यसैगरी कम्तीमा १.५ मिटर उचाई र कम्तीमा ४५ किलोग्राम तौल भएको हुनुपर्नेछ । यसैगरी कम्तीमा १० कक्षा उत्तीर्ण गरी अ.न.मी. वा सि.एम.ए. सम्वन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्वन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्नेछ ।

वैदेशिक रोजगार विभागका अनुसार त्यसरी आवेदन दिने व्यक्तिको प्रवेशाज्ञाको लागि प्रकृया प्रारम्भ गर्दाको मितिमा पासपोर्टको म्याद समाप्त हुन कम्तीमा तीन बर्ष बाँकी रहेको हुनुपर्नेछ । विगतमा ईजरायलमा गएर काम नगरेको व्यक्तिले मात्र आवेदन दिन पाउनेछन् । यसैगरी बाबु, आमा, पति, पत्नी, छोरा, छोरी ईजरायलमा बसोवार नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ ।

शारिरीक र मानसिक रुपमा स्वस्थ रहेको, कुनै प्रकारको जीर्ण रोगहरु जस्तै हेपाटाइटिस, भिरिङ्गी, गोनोरिया, एड्सबाट ग्रसित नभएको, गरुङ्गो सामान उचाल्न सक्ने लगायत स्याहार केन्द्रहरुमा सहायक कामदारको रुपमा काम गर्न सक्ने सामथ्र्य भएको र दुव्र्यसनमा नलागेको हुनेपर्ने योग्यता तोकिएको छ ।

यी योग्यता पुगेका व्यक्तिले वैदेशिक रोजगार विभागको वेभसाइट ferms.dofe.gov.np मा उपलव्ध अनलाइन फारम भर्नुपर्नेछ । यस सम्वन्धी जानकारी वेभसाइटमा नै राखिएको जनाइएको छ । आवेदन दिनेहरुको सूचि वैदेशिक रोजगार विभागले तयार पार्नेछ भनें श्रमिकको छनौट इजरायलको पिआईबिएले गर्नेछ ।
यो पनि पढ्नुहोस् ईजरायलमा एक हजार नेपालीका लागि रोजगारी खुल्यो, मासिक झण्डै दुई लाख तलव

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय