ईजरायलमा एक हजार नेपालीका लागि रोजगारी खुल्यो, मासिक झण्डै दुई लाख तलव

रोजगारीका लागि ईजरायल जान ईच्छुकहरुका लागि वैदेशिक रोजगार विभागले मंगलवार सुचना जारी गर्दै आवेदन खोलेको छ । विभागले मंगलवार एक सुचना जारी गर्दै इजरायलका दीर्घकालिन स्याहार केन्द्रहरुमा पठाइने नेपाली सहायक कामदारका लागि आवेदन मागेको हो । अव २१ दिनभित्रमा ईच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् । सो काममा २५ वर्ष पूरा भएका तथा ४५ वर्ष ननाघेका महिला तथा पुरुषले आवेदन दिन पाउनेछन् ।

नेपाल र इजरायल बीच भएको श्रम सम्झौता अनुसार माग गरिएका ति श्रमिकको सूचि वैदेशिक रोजगार विभागले बनाएपनि ईजरायली पक्षले छनौट गर्नेछ । सुरुमा एक हजार नेपालीलाई रोजगारीमा लिने योजना छ । त्यसमध्ये ७० प्रतिशत महिला हुनेछन् भनें ३० प्रतिशत पुरुष हुने वैदेशिक रोजगार विभागले जनाएको छ । आवेदकहरुको योग्यता अनुरुपको प्रारम्भीक सूचि बनाउने, अंग्रेजी भाषाको लिखित परीक्षा तथा अन्तर्वार्ता वैदेशिक रोजगार विभागले लिनेछ । विभागले एक हजार चार सय व्यक्तिको सूचि इजरायलको पिआईबिएलाई उपलवध गराउने छ भनें त्यसबाट चिठ्ठा प्रणाली मार्फत एक हजार व्यक्तिको छनौट पिआईबिएले गर्ने विभागले जनाएको छ ।

रोजगारीमा गएकाहरुले साप्ताहिक रुपमा ४२ घण्टा काम गर्नुपर्नेछ । विदा ईजरायलको कानुन अनुसार प्राप्त गर्नेछन् । ईजरायलमा कानुनको पालना कर्डाइ पूर्वक हुने भएका कारण विदेशी श्रमिकले विभेद भोग्नु परेको खासै घटना सार्वजनिक हुने गर्दैन । खाना वापतको खर्च श्रमिक स्वयंले व्यहोर्नु पर्नेछ तर आवास सुविधा भनें रोजगारदाताले उपलव्ध गराउनु पर्नेछ । एक बर्षे करार अवधिमा जाने श्रमिकहरुको करार अवधि ५ बर्षसम्म थपिन सक्ने प्रावधान रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

निक्कै आकर्षक कमाईको गन्तव्य ईजरायलको रोजगारीका लागि यस अगाडी धेरै रकम असुलिएपछि लामो समय नेपालीका लागि ईजरायलको रोजगारी बन्द थियो । सरकारी प्रकृया अन्तर्गत छनौट गर्ने र छनौट प्रकृयामा ईजरायली पक्ष नै संलग्न हुने सहमति सहित सम्झौता पश्चात रोजगारी पुन सुरु हुन लागेको हो । कमाईका हिसावले दक्षिण कोरिया नेपालीका लागि आकर्षक गन्तव्य मुलुक हो । मासिक १ हजार ६ सय अमेरिकी डलर तलव हुने ईजरायलको रोजगारी नेपालीका लागि आकर्षक गन्तव्य हुनेछ । १ लाख ६५ हजार लागत शुल्क लागेपनि मासिक कमाई नै झण्डै दुई लाखको हाराहारी हुने र ५ बर्ष रोजगारी गर्न पाइने भएका कारण ईजरायलको रोजगारीमा ठूलो संख्यामा आवेदन पर्ने अनुमान गरिएको छ । र्

इजरायलको रोजगारीका लागि आवेदन दिन चाहनेहरुले वैदेशिक रोजगार विभागको वेभसाइट ferms.dofe.gov.np मार्फत आवेदन दिन सक्नेछन् ।

यो पनि पढ्नुहोस् इजरायलको रोजगारीका लागि आवेदन दिन यस्तो तोकियो आवश्यक योग्यता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय