यातायात श्रमिकलाई पनि तत्काल खोप र राहत उपलव्ध गराउन माग

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सम्पूर्ण यातायात श्रमिकहरुलाई तत्काल कोभिड–१९ विरुद्धको खोप (भ्याक्सिन) को व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संगठनको केन्द्रीय कमिटीको आठौं बैठक तथा प्रदेश कमिटीहरुसँगको विस्तारित बैठकले रोग र भोक दुबै यातायात श्रमिकहरुका लागि भयानक बनेको भन्दै श्रमिकहरुलाई खोपको व्यवस्था गर्दै स्वास्थ्य मापदण्ड तोकेर काम गर्ने वातावरण बनाउनुको विकल्प नभएकोमा जोड दिएको छ ।

संगठनका अध्यक्ष भीम ज्वाला राई तथा महासचिव नवराज घिमिरेद्धारा जारी विज्ञप्तीमा यातायात श्रमिकहरु पनि कामको प्रकृतिका हिसावले आम सर्वसाधारणको पहुँचमा रहेर काम गर्नुपर्ने पेशा भएपनि हालसम्म खोपको व्यवस्था नगरिएका कारण यसले श्रमिक र समाजलाई नै खतरा निम्त्याउन सक्ने तर्फ ध्यानाकर्षण गराएको छ ।

खाद्यान्न समस्यामा परेका यातायात श्रमिक तथा विपन्न वर्गका नागरिकहरुलाई खाद्यान्न सामग्री सहितको राहतको घोषणा गर्न पनि संगठनले माग गरेको छ । लामो समयदेखि जारी लकडाउनका रोजगारी गुमाएका यातायात श्रमिकहरु विचल्ली भएको भन्दै संगठनले उनीहरुका आश्रित परिवार आधारभूत आवश्यकता (खाद्यान्न तथा आवास) बाट वञ्चित हुनुपरेको जनाएको छ ।

यो पनि पढ्नुहोस् : कोभिड–१९ का कारण बढ्नसक्ने बालश्रम रोक्न सहकार्य आवश्यक

संगठनले कोभिडकासंक्रमितहरुलाई उचित उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका नेता, कार्यकर्ता तथा सदस्यहरु मध्ये २५ जनाको ज्यान गईसकेको र १ सय ९२ जना कोरोना संक्रमित भएको भन्दै हालसम्ममा ११ लाख यातायात श्रमिकहरु मध्ये ५७ जनाको मृत्य भएको र ५ सय ११ जना कोरोना संक्रमित भएको तथ्याँक प्राप्त भएको संगठनले जनाएको छ । यो संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

यातायात श्रमिक तथा स्वरोजगारहरु तथा व्यवसायीहरु इो महामारीका कारण अतिप्रभावित भएको भन्दै यसबाट पार पाउन श्रमिक तथा रुवरोजगारहरुलाई राहत वा कर्जा सहुलियतको व्यवस्था गर्न, यातायात क्षेत्रको पुनस्र्थापनाका लागि प्याकेज घोषणा गर्न पनि संगठनले जोड दिएको छ ।

कोभिड-१९ को त्रास, महिनौदेखि जारी निषेधाज्ञाले यातायात क्षेत्रमा पारेको गम्भीर असर यातायात श्रमिकहरुको जीवन र जीविकामा यसको प्रभाव र भावी कार्यभारका विषयमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीको आठौं बैठक जेठ २८ गते र प्रदेश कमिटीका अध्यक्ष र सचिवहरुसंगको विस्तारित बैठक जेठ २९ गते भर्चुअल माध्यमबाट गरिएको संगठनले जनाएको छ ।

यो पनि पढ्नुहोस् : नेपाली लगायत ६५ श्रमिकले जिते मलेसियामा एक कम्पनी विरुद्दको मुद्दा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय