साउदीबाट पनि स्वदेश फर्किन सकिने

साउदी अरवमा कार्यरत र स्वदेश फर्किन चाहने नेपालीलाई कतार वा टर्की ट्रान्जिट भएर फर्किन सकिने साउदी स्थित नेपाली दूतावासले स्पष्ट पारेको छ । नेपाली दुतावासले फेसबुक पेजमा यस बारेमा संक्षिप्त जानकारी दिएको छ । नेपालले कतारको दोहा, टर्कीको स्तानबुलमा साताको एक दिनका लागि नियमित उडान खोलेपछि दूतावासको यस्तो भनाई आएको हो ।

दूतावासले लेखेको छ: साउदीबाट सोझै नेपाल जाने फ्लाइट खोल्नेसम्बन्धमा अझै कुनै निर्णय नभईसकेको भएता पनि नेपाल जान चाहने महानुभावहरूले कतार वा टर्की (कतार एअरवेज, नेपाल एअरलाइन्स र टर्किस एअरलाइन्समार्फत) बाट ट्रान्जिट मिलाएर जानसक्नु हुन्छ र जान मिल्छ । तसर्थ, टिकटको लागि सम्बन्धित एअरलाइन्स वा ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहोला ।

नेपालमा कोभिड १९ को संक्रमण तिव्र रुपमा बढेपछि नेपालले केहि समय अन्तराष्टिय उडान रोकेको थियो । चार्टर्ड फ्लाइट मार्फत सिमित उडान भएपनि त्यसमा आचक्ली चर्को भाडादर असुलेको गुनासोपछि सरकारले सिमित गन्तव्यमा नियमित उडान सुरु गरेको हो ।
विदेशबाट फर्किनेहरुले विभिन्न प्रकृयाहरु भनें पुरा गर्नु पर्दछ । यसका लागि मन्त्री परिषदले मापदण्ड बनाएको छ ।

यो पनि पढ्नुहोस् खाडी तथा मलेसियाबाट आउनेहरु अनिवार्य ५ दिन होटलमा बस्नुपर्ने, यस्तो छ विदेशबाट फर्किनेले पालना गर्नुपर्ने मापदण्ड

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय