खाडी मुलुकबाट पठाइएको अक्सिजन सिलिण्डर सरकारलाई हस्तान्तरण, लुम्विनीमा सवैभन्दा धेरै पठाउन अनुरोध

मध्यपूर्वका मुलुकहरुबाट गैरआवासिय नेपालीहरुले पठाएको ५ सय ६० वटा अक्सिजन सिलिण्डरहरु नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य मन्त्रालयमा ति सिलिण्डरहरु स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिएको हो ।

गैर आवासिय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार ति सिलिण्डरहरु सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा एक-एक सय, लुम्विनीमा २ सय, प्रदेश २ तथा गण्डकीमा ८५-८५ वटा पठाउन अनुरोध गरिएको छ ।

यो पनि पढ्नुहोस् गाँस काटेर मातृभूमिमा सास पठाएको भन्दै पूर्वमन्त्री विष्टद्दारा खाडीमा कार्यरत नेपालीको प्रशंसा

ओमान, यूएई, कतार, साउदी अरब, कुबेत र बहराईन लगायतका खाडी मुलुकहरुमा रहेका एनआरएनए राष्ट्रिय समितिहरुले त्यहाँ कार्यरत श्रमिकहरुसँग चन्दा संकलन गरेर ति सिलिण्डरहरु नेपाल पठाएका हुन् । एनआरएनए ओमानको संयोजनमा ओमानमा ७५ लाख रुपैयाँ बराबरको सिलिण्डर खरिद गरिएको थियो ।

नेपालमा अक्सिजन पठाऔ, आफन्तको ज्यान बचाऔ अभियानअन्तर्गत थप सहायता पनि आउने क्रममा रहेको पन्तले बताएका छन् । उनका अनुसार ६ सय ७० वटा अक्सिजन कन्सन्ट्रेटर एनआरएनएले तत्कालै उपलब्ध गराउने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: