‘दैनिक ६ हजार व्यक्तिको ज्यान जाने कार्यथलो सुरक्षित बनाउ’

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले हरेक कार्यथलोमा श्रम ऐन तथा नियम अनुसार ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति तथा कमिटी बनाउन माग गरेको छ । कार्यथलोमा हुने दुर्घटनाको कारण कुनै पनि श्रमिकले अकालमा जीवन गुमाउन तथा अपाङ्ग, अशक्त शरीर लिएर बाध्यताको जीवन बा“च्न नपर्ने वातावरण सिर्जना गर्ने पहिलो जिम्मेवारी रोजगारदाताहरूको नै हुने जिफन्टको ठहर छ ।

अन्तर्राट्रिय श्रमिक स्मृति दिवसको अवशरमा जिफन्टका महासचिव जनक चौधरीले शुभकामना सन्देश प्रेशित गर्दै श्रमिकको रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न तथा कोभिड १९ को संक्रमणबाट श्रमिकहरूलाई सुरक्षित राख्न औद्योगिक कोरिडोरहरुलाई प्राथमिकतामा राखेर खोपको ब्यवस्था गर्न माग गरेका छन् । गत वर्षदेखि नै कोभिड १९ (कोरोना भाईरस) महामारीको कारण श्रमिक थप संङ्कटमा परेको भन्दै जिफन्टले नेपाल सरकारस“ग यस्तो माग गरेको हो ।

विज्ञप्तीमा भनिएको छ: श्रमिकहरुले आफ्ना सहकर्मीको दु:खप्रति ऐक्यवद्धता जनाउन र सुरक्षित कार्यथलोको लागि संघर्षको संकल्प गर्र्न हरेक वर्ष यो दिवस मनाउने गर्दछन् । हरेक अफवाह र सङ्कटको विरुद्ध जुझ्दै, श्रमिक वर्गको समृद्धिका लागि जिफन्ट दृढ रहेको छ ।
अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को सन् २०२० को तथ्याङ्क अनुसार विश्वमा हरेक दिन अनुमानित ६ हजार श्रमिकको कार्यथलोमा हुने दुर्घटना तथा व्यवसायजन्य रोगका कारण मृत्यु हुने गरेको छ । यसमध्ये ३ लाख ५० हजारको मृत्युको कारण कार्यथलोमा हुने दुर्घटना रहेको तथा १७ लाखको मृत्युको कारण व्यवसायजन्य रोग हुने गरेको आइएलओको अनुमान छ । विश्वभरीमा हरेक बर्ष झण्डै ३ करोड व्यक्ति कार्यथलोमा हुने दुर्घटना तथा व्यवसायजन्य रोगका कारण प्रभावित हुने गरेको अनुमान छ ।

काम गर्दा हुने दुर्घटनाको कारण जीवन गुमाएकाहरूको सम्झना, अपाङ्ग तथा अशक्तहरूको स्वास्थ्य लाभको कामना तथा जीवितहरूको सुरक्षा र समृद्धिको लागि संघर्षको संकल्प सहित हरेक वर्ष २८ अप्रिलका दिन अन्तर्राट्रिय श्रमिक स्मृति दिवस (२८अप्रिल) मनाउने गरिन्छ ।

यो पनि पढ्नुहोस् कोरोनाका कारण यस बर्ष रोजगारी थप घट्ने अनुमान

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय