कोरोनाका कारण यस बर्ष रोजगारी थप घट्ने अनुमान

कोभिड-१९ (कोरोना भाइरस) का कारण सन् २०२० मा विश्वमा झण्डै २ करोड ५० लाख रोजगारी गुमेको र सन् २०२१ मा थप १ करोड ३० लाख रोजगारी गुम्ने प्रक्षेपणका वीच अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) ले रोजगारी सुरक्षा र रोजगारी सिर्जनामा जुट्न आव्हान गरेको छ । कोभिड पश्चातको संकटसँग जुध्न रोजगारी सिर्जनालाई प्राथमिकता दिन आइटीयूसीले विश्वका सवै देशका सरकारहरुलाई आव्हान गरेको हो ।
यसका लागि सार्वजनिक लगानी वृद्दि गर्न, सार्वजनिक क्षेत्रमा लगानी वृद्दि गर्दै रोजगारी वृद्दि गर्न, गुणस्तरीय रोजगारी सिर्जना गर्न, तालिम र शिक्षामा लगानी गर्न तथा अनौपचारिक क्षेत्रको रोजगारीलाई औपचारिक बनाउन आइटीयूसीले माग गरेको छ ।

विश्वका कतिपय मुलुकहरुले छोटो समयको रोजगारी सिर्जनामा महत्वपूर्ण काम गरेको भन्दै आइटीयूसीले यसले तत्कालिन रुपमा बेरोजगारी कम गर्न मद्दत गरेको, महामारीको समयमा कार्यसमय घट्न सक्ने जोखिम रोकेको भन्दै तर यसलाई दिगो बनाउन राष्ट्रिय रोजगार योजनाहरु बनाउन ढिला गर्न नहुने धारणा राखेको छ ।

आइटीयूसीले रोजगारी सिर्जनासँगै संगठित हुन पाउने र सामुहिक सौदावाजीको अधिकार, सामजिक सुरक्षा, समान कामको लागि समान ज्याला लगायत यकिन गर्न पनि माग गरेको छ ।

अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) विश्वका विभिन्न मुलुकमा कृयाशिल ट्रेड यूनियन महासंघहरुको छाता संस्था हो । यसको मुख्यालय बेल्जियममा रहेको छ । यसले विश्वभरी श्रमिकको अधिकार स्थापित गर्नका लागि दवावकारी अभियानहरु सञ्चालन गर्ने, नीतिगत सुधारका लागि पहल, पैरवी गर्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय