साउदी अरव स्थित नेपाली दूतावासले यस अगाडी प्रमाणीकरण भइसकेका मागपत्रहरुलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अपलोड गर्नका लागि केहि दिनका लागि मागपत्र प्रमाणीकरण नगर्ने भएको छ । दूतावासले यसअगाडी नै प्रमाणीकरण गरिएका मागपत्र सिष्टममा अपलोडका लागि समय आवश्यक भएको भन्दै आगामी मार्च २८ देखि अप्रिल २ सम्म मागपत्र प्रमाणिकरण नगर्ने भएको हो ।

दूतावासले एक विज्ञप्ती जारी गर्दै दूतावासको मागपत्र अनलाइन प्रणालीमा स्वीकृत भईसकेको तर प्रमाणीकरण हुन बाँकी रहेका मागपत्रहरु यथाशीघ्र दूतावासबाट प्रमाणीकरण गरेर लैजन पनि रोजगारदाता कम्पनीहरुलाई अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस् शुक्रवार देखि लागु हुँदैछ ३३ बुँदे निर्देशन, दूतावासद्धारा सचेत रहन र जरिवानाबाट बच्न आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय